विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

माकुनेले भने अपमानपूर्ण ब्यबहार गरियो

520
shares

काठमाडौं, बैशाख ३ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केही दलले आफ्नो पार्टीलाई अपमानपूर्ण व्यवहार गर्ने गरेको बताउनुभएको छ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले चुनावी तालमेलका क्रममा नेताहरूले वास्तविकतामा आधारित रहेर सिटको बाटफँट गर्नुपर्ने बताउनुभएको छ । काठमाडौंमा आज आयोजित पार्टीको कार्यक्रममा नेपालले गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूले कुन तहमा किन दाबी गर्न लागेको हो भन्ने कुरा स्पष्टसग राख्नुपर्ने बताउनुभयो । जुन पार्टीको जति शक्ति हो त्यसको आधारमा दाबी गर्नुपर्ने नेपालको भनाइ थियो ।

उहाले पार्टी कार्यकर्ता स्वभावैले चुनावमा उम्मेदवार बन्न पाउनुपर्ने दाबी गर्ने तर हारेपछि पार्टीमा नै सक्रिय सम्म नहुने कुरा नेताहरूले बुझ्नुपर्ने बताउनुभयो । सत्तारुढ गठबन्धनका दलहरू बीच एमालेले २०७४ सालमा जितेका स्थानीय तहमा पहिलो दाबी गर्ने अधिकार एकीकृत समाजवादीको भएको नेपालले बताउनुभयो ।

अध्यक्ष नेपालले गठबन्धनमा कुनै पार्टी सँग सहमति हुन नसकेमा जो सँग सहमति हुन्छ त्यो पार्टी सँग चुनावी तालमेल गर्ने र कसैसग सहमति हुन नसकेमा एक्लै लड्नुपर्ने गरी कार्यकर्ताहरूलाई अगाडि बढ्न पनि निर्देशन दिनुभयो । पोखरा महानगरपालिकामा एकीकृत समाजवादीले आफ्नो शक्तिका आधारमा दाबी गरेको पनि नेपालको भनाइ थियो । एकीकृत समाजवादीको केही अर्थ छैन भनेको प्रति उहाले असन्तुष्टि व्यक्त गर्नुभएको थियो ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports