विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

स्थानिय तहको निर्वाचनमा सेना परिचालनमा सेनापति शर्माले दिए बिशेष निर्देशन

611
shares

काठमाडौं । सरकारले स्थानीय तह निर्वाचनमा सेना परिचालन सम्बन्धी निर्णय लिए सँगै प्रधानसेनापति प्रभुराम शर्माले विशेष निर्देशन जारी गरेका छन् । शर्माले विभागीय प्रमुखहरुको उपस्थितिमा चार वटै कमाण्डका कमाण्ड सेनापतिहरूलाई विशेष निर्देशन दिएका हुन् ।

शर्माले आआफ्नो जिम्मेवारी क्षेत्रहरुको सुरक्षा स्थितिको निरन्तर मूल्याङ्कन गर्न भनेका छन् । यस्तै जिल्ला प्रशासन कार्यालयहरु, प्रदेश एवं स्थानीय सुरक्षा निकायहरु तथा जिल्ला निर्वाचन आयोगका कार्यालयहरू सँग असरदार रुपमा समन्वय गरी कार्य गर्न, देशैभरि नेपाली सेना उच्च सतर्कताका साथ रहने तथा बम डिस्पोजल टोली आवश्यकता अनुसार तयारी हालतमा राख्न पनि निर्देशन दिएका छन् ।

सोही क्रममा, प्रधान सेनापति शर्माले ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना, २०७८’ मा उल्लेखित नेपाली सेना सम्बन्धी बुँदाहरूलाई अक्षरश पालना गर्न समेत निर्देशन दिएको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports