२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

केही व्यक्तिले देशको अर्थव्यवस्थालाई राजनीतिकरण गरेर चुनावी मुद्दा बनाउदै छन् : अर्थमन्त्री

806
shares

काठमाडौं । अर्थमन्त्री जर्नादन शर्माले केही व्यक्तिले देशको अर्थव्यवस्थालाई राजनीतिकरण गरेर चुनावी मुद्दा बनाएको आरोप लगाएका छन् । नेपाल उद्योग परिसंघका प्रतिनिधि मण्डल सँग सोमबार मन्त्रालयमा भेट गर्दै मन्त्री शर्माले प्रमुख प्रतिपक्षी दल एमाले तर्फ संकेत गर्दै यस्तो धारणा राखेका हुन् ।

परिसंघको टोली सँगको भेटमा अर्थमन्त्री शर्माले श्रीलंका सँग नेपालको तुलना नै गलत भएको बताएका थिए । ‘नेपाल र श्रीलंकाको तुलनै हुँदैन, आफूले बारम्बार भन्दै आएको छु,’ अर्थमन्त्री शर्माले भने ‘केही व्यक्तिले देशको अर्थव्यवस्थालाई राजनीतिकरण गर्न खोजिरहेका छन् । चुनावी मुद्दा पनि बनाएका छन । ‘ यथार्थमा नेपालको अर्थव्यवस्थाा श्रीलंका नभएको र आफूहरुले श्रीलंका जस्तो हुन पनि नदिने गरी अर्थ व्यवस्था सुधारको काम गरिरहेको मन्त्री शर्माले दाबी गरेका थिए । उनलेे आगामी आब ०७९-८० को बजेट मार्फत अर्थतन्त्रको अहिलेको समस्यालाई सम्बोधन गरी नजिता देखिने गरी सुधार गर्ने जानकारी पनि परिसंघका पदाधिकराीलाई गराएका थिए ।

भेटमा नेपाल उद्योग परिसंघका अध्यक्ष बिष्णुकुमार अग्रवाल सहितको प्रतिनिधि मण्डलले आयातमा प्रतिबन्ध नलगाउन सुझाव दिएको थियो । परिसंघले विदेशी मुद्राको संचितीमा परेको चाप बाट माथि उठ्नका लागि आयातमा प्रतिवन्ध लगाउनुको सट्टा करको दर बढाउने तथा आयातका लागि लिइने ऋणको ब्याजदर समेत हेरफेर गर्नुपर्ने सुझाव दिएको अर्थमनत्रीलाई बुझाएको थियो । साथै परिसंघले उत्पादन र आयातमा जाने कर्जाको ब्याजदर फरक-फरक बनाउन पनि सुझाव दिएको छ । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले आन्तरिक तथा वाह्य पर्यटन क्षेत्रमा उल्लेख्य सुधार आइसकेको बताउँदै पूर्वाधार निर्माण र पर्यटनलाई आकर्षित गर्ने प्याकेजहरु सरकारले धमाधम घोषणा गर्नुपर्ने बताएका थिए ।

यस्तै सुनमा आधारित ऋणपत्र जारी गर्न, रेमिट्यान्सको निक्षेपमा अतिरिक्त २ प्रतिशत ब्याजदर दिन, गैरआवासिय नेपाालीलाई डलरमा खाता खोल्न आकषिर्त गर्नुपर्ने लगायतका सुझाव अर्थ मन्त्रीलाई दिएका थिए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports