सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कोइराला परिवार नै पौडेलका लागि तगारो

702
shares

काठमाडौ । सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी र संघीय संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आउँदो महाधिवेनको परिणाामले मुलुकको राजनीतिमा केही प्रभाव पार्न सक्ने सम्भावना देखिएको छ । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएर गठन भएको नेपाल कम्युनिष्ट पार्टीभित्रको आन्तरिक द्वन्द्वले समेत नेकपाको महाधिवेशनलाई प्रभाव पार्न सक्ने अवस्था देखिएको छ भने नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा विरुद्ध पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल सहित कोइराला परिवार हरु एकै ठाउँमा उभिएको खण्डमा देउवाको पुन सभापति बन्ने आकांक्षामा पूर्ण विराम लाग्न सक्छ ।

त्यसैगरी सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टीभित्र पनि खास गरेर केपीओली, पुष्पकमल दाहाल र माधव नेपाल पक्षका बीचमा भिडन्त हुन सक्ने अवस्था भएपनि ओली, दाहाल एकै ठाउँमा उभिएको खण्डमा माधव नेपालको पत्तासाफ हुन सक्छ, त्यसैगरी दाहाल नेपाल एक ठाउँमा उभिएको खण्डमा ओलीको पत्तासाफ हुन सक्छ भने पूर्व एमाले पक्षधरहरु एकै ठाउँमा उभिएको खण्डमा पुष्पकमल दाहालको पार्टी अध्यक्ष बन्ने सपनामा तुसारापात पर्न सक्छ । अर्थात ओली, दाहाल, नेपाल मध्येका दुई पक्ष एक ठाउँमा उभिएको खण्डमा एक पक्षको पत्तासाफ हुने प्रायः निश्चित छ ।

नेपाली कांग्रेसमा गिरिजा प्रसाद कोइराला रहुन्जेल उनलाई दबाब दिएका शेरबहादुर देउवाले चुनावमा पराजित हुनु परेको थियो । गिरिजाको निधन पछिमात्र उनी नेपाली कांग्रेसको सभापति बन्न सफल भएका थिए । पछिल्लो समयमा कांग्रेसको महाधिवेशनको समय नजिकिँदै गर्दा सभापतिहरुका आकांक्षीहरु धेरै देखिएका छन् । अहिले देखिएका आकांक्षीहरु सबै सभापतिका उम्मेदवार भएको खण्डमा देउवाकै जित निश्चित हुने प्रायः निश्चित रहेको देउवा गुटका एक नेताले बताएका छन् । कोइराला परिवारबाट शशांक कोइराल र शेखर कोइराला दुवै सभापतिका आकांक्षी रहेका हुनाले दुवै मध्ये एकलाई सभापतिको उम्मेदवार बनाउन विपी पुत्र प्रकाश कोइराला लागि परेका छन् ।

संस्थापन पक्षबाट एकजनामात्र सभापतिको उम्मेदवार हुने भएको खण्डमा शेरबहादुर देउवा नै सभापतिको उम्मेदवार बन्ने प्राय निश्चित रहेको छ । तर शेरबहादुर गुटकै विमलेन्द्र निधीले समेत सभापतिको उम्मेदवार हुने घोषणा गरिसकेका हुनाले र प्रकाशमानसिंह समेतले सभापतिको उम्मेदवार हुने घोषणा गरेका हुनाले यस पटकको कांग्रेसको महाधिवेशन रोचक बन्न सक्छ । यी सबै कारणहरुले गर्दा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको सभापति बन्न सक्ने सम्भावना भने न्यून रहेको छ ।

अहिलेसम्म पौडेल पक्षमा रहेका कोइराला परिवारहरु आफ्नैपरिवारबाट एक जना सभापतिको उम्मेदवार बन्न निश्चित जस्तै भएपछि रामचन्द्र पौडेलको सभापति बन्न सपना चकनाचुर हुन सक्छ । प्रधानमन्त्रीको लागि संसदमा १७पटकसम्म चुनाव लडेका रामचन्द्र पौडेल यस पटक पनि सभापति बन्न नसकेको अवस्थामा उनको प्रधानमन्त्री बन्ने सपना समेतमा ठुलो धक्का लाग्न सक्छ, पार्टीको नेतृत्व फेरी कोइराला परिवारमै गएको खण्डमा, पौडेल सहितका नेताहरु पाखा लाग्न सक्ने सम्भावना देखिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports