kumari
stcnepal

भाषण गरेर र सपना मात्र देखाएर पेट भरिँदैन सरकार

काठमाडौ । उत्तरी छिमेकी मुलुक चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड १९) ले गर्दा मुलुक संकटमा पर्दै गएको छ । गत चैत्र ११ गेदेखि सरकारले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि भन्दै झण्डै चार महिनासम्म मुलुकमा लकडाउन लागु गरेपनि नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको केपीओली नेतृत्वको सरकारले जति काम गर्नुपर्दथ्र्याे त्यति काम नगरेके कारण अहिले उक्त भाइरसले महामारीको रुप लिदँै आएको छ । मुलुक लकडाउननै रहेको बेला पर्यटनमन्त्री योगेश भट्टराईले नेपाल कोरोना मुक्त देश रहेको छ भन्दै पर्यटकहरुलाई निस्फिक्री भएर नेपाल भ्रमण गर्न सार्वजनिक रुपमै आह्वान गरे । मन्त्रीको उक्त भनाइको त्यसै बेला व्यापक विरोध भएको थियो । सरकारले गरेका गल्तीको मूल्य अहिले गरिब नेपाली जनताले चुकाउनु परेको छ । पछिल्लो समयमा कोरोना भाइरसले उग्ररुप लिँदै गएको भएपनि सरकार भने निषेधाज्ञा र लकडाउनलाई नै अचुक औषधी सम्झिएर लकडाउन र निषेधाज्ञा लगाउनैमा व्यस्त रहेको छ ।

निषेधाज्ञाले गर्दा दैनिक रोजगारी गरेर जिविका चलाउने मानिसको अवस्था अहिले नाजुक रहेको छ । झण्डै ४ महिना लकडाउनमा घरमै बस्नजनता बाध्य भए । लकडाउन खुलेको केही समयपछि फेरी निषेधाज्ञा र लकडाउन सुरु भएकाले गर्दा जनताको बाँच्न पाउने अधिकारमाथि समेत प्रहार भएको छ । निषेधाज्ञा लागु गरेको समयमा सरकारले कन्ट्राक ट्रेसिङ्गलाई व्यापक मात्रामा बढाउनुपर्ने र परीक्षणको दायरा समेत बढाउनुपर्ने भएपनि त्यस्तो देखिएको छैन । दिन प्रतिदिन कोरोना भाइरसका विरामीहरुको संख्या बढिरहेको छ भने निधन हुनेहरुको संख्या समेत बढिरहेको छ । पछिल्लो समयमा अरु रोगले भन्दा कोरोना भाइरसकै कारण निधन हुनेको संख्या बढिरहेको छ । सरकारले कोरोना भाइरसले भन्दा अरु रोगले नै बढि मानिसको निधन हुने गरेको बताउँदै आएको भएपनि अहिले त्यो झुठ सावित भएको छ । पछिल्लो समयमा गत बुधबारसम्ममा कोभिड १९ बाट निधन हुनेको संख्या १७५ पुगेकोमा कोरोनाजन्य रोगका कारण निधन हुनेको संख्या बढिरहेको छ । कोभिड–१९ को जटिलताले गर्दा देशभर ५६ जनाले ज्यान गुमाएका छन् भने त्यस पछि निमोनिया, मधुमेह, उच्च रक्तचाप, मिगौलाको रोग, मुटुरोग र हाइपोथारोडिजन रोग भएकाहरुको कोरोना संक्रमण समेतका कारण निधन भएको छ ।

कोरोनाका कारण निधन भएको पुष्टि भएकामध्ये करिब ३२ प्रतिशतको कोरोनासँग कुनै न कुनै प्रकारको जलिटताले मानिसको ज्यान गएको छ । ३२ प्रतिशतभन्दा अरु बाँकी रहेकाहरुमा अरु विभिन्न प्रकारका स्वास्थ्य समस्यामा रहेको देखिन्छ । अन्य स्वास्थ्य समस्यामा निमोनियाका विरामीहरु समेत देखिन्छन् । सरकारले बेलैमा कोभिड १९ लाई नियन्त्रण र उपचारको लागि आवश्यक व्यवस्थागर्न नसकेको कारण अहिले अनाहकमा जनताले ज्यान गुमाउनु परेको छ । प्रधानमन्त्रीले आफूले आफ्नो स्वास्थ्य उपचारमा आधुनिक चिकित्सा प्रणाली अपनाउनु भयो तर जनतालाई कोरोनाको विरुद्ध बेसार पानी खानुहोस् भन्ने विज्ञानले प्रमाणित नगरेको अभिव्यक्ति दिएर कोरोना भाइरसलाई वेवास्ता गर्नु भएकाले अहिले त्यसलाई नियन्त्रण र रोकथाम गर्न सरकारलाई हम्मेहम्मे परेको छ ।

आजको २१ औँ शताब्दीमा चिकित्सा विज्ञान प्रमाणित गर्न नसकेको विषयहरुमा हाम्रा प्रधानमन्त्री सहित मन्त्रीहरु फलाक्दै हिडे बेलैमा कोरोना भाइरसलाई नियन्त्रण गर्न उनीहरुले आवश्यक ठानेनन् बेसारमानी खानुहोस्, तातोपानी खानुहोस्, आफैँ कोरोना ठीक हुन्छ भन्नेजस्ता गैरजिम्मेवारीपूर्वकका अभिव्यक्ति दिँदै हिडेका हुनाले अहिलेको जटिल अवस्था सिर्जना भएको हो । लकडाउन र निषेधाज्ञाले मात्र कोरोना भाइरस नियन्त्रण हुन सक्ने सम्भावना न्यून देखिएको छ । लकडाउन र निषेधाज्ञा त सरकारलाई काम गर्न सजिलो होस् भन्नका लागि मात्र लगाइन्छ । महिनै महिनासम्म लकडाउन र निषेधाज्ञा लागु गर्दा जनताको अवस्थ कति जटिलतातर्फ धकेलिन्छ भन्ने ज्ञानसम्म राख्न सरकार किन पछि परेको छ । सरकारको लागि जनता नै सर्वेसर्वा हुन् ।

विकास निर्माणका कार्यहरु पछि पनि गर्न सकिन्छ तर जनता नै रहेनन् भने कस्को लागि सरकार र कस्को लागि विकास निर्माण ? यी तथ्यहरुले गर्दा अब सरकारले विकास निर्माणलाई रोकेर भएपनि आफ्ना जनतालाई लकडाउन र निषेधाज्ञाको बेला आवश्यक राहत उपलब्ध गराउनु आवश्यक छ । जनता खानै नपाएर भोकै नमरुन् भनेर । सहज अवस्थामा जनतालाई सरकारको आवश्यकता पर्दैन । कठिन अवस्थामा नै सरकारको आवश्यकता जनतालाई पर्ने भएकाले जनतालाई बचाउने कार्यमा सरकारले सक्रियता देखाउनुपर्दछ । भाषण गरेर सपना मात्र देखाएर जनताको पेट भरिँदैन सरकार ।

footer