एमालेले बैशाख १० गते भित्रमा महानगर र उपमहानगरका उम्मेदवारको टुंगो लगाउने
वि.सं.२०७९ वैशाख ८ बिहीवार १७:३८
shares

काठमाडौं ।नेकपा एमालेले वैशाख १० गते बैठकबाट महानगर र उपमहानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवार छनोट गर्ने भएको छ । बिहीबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकमा सातै प्रदेश बाट महानगर र उपमहानगरका लागि उम्मेदवार सिफारिस गरेका नामहरू बारे सामान्य छलफल गर्दै अर्को बैठकले उम्मेदवार तय गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
‘आजको बैठकमा सातै प्रदेश बाट सिफारिस भएर आएका नाममा छलफल गर्यौ’, बैठकपछि गुरुङले भने, ‘बैशाख १० गते ३ बजे बस्ने बैठकले निर्णय गर्छ । ’ उनले ६ महानगर र ११ उपमहानगरपालिकाका उम्मेदवारका लागि चितवन, विरगञ्ज र ललितपुरमा एकएक जना सिफारिस भएपनि अन्य तीन महानगरमा मेयरका उम्मेदवार धेरै रहेको बताए । नेता गुरुङका अनुसार चितवनको भरतपुरमा विजय, सुवेदी, वीरगञ्जमा विजय सरावगी र ललितपुरमा हरिकृष्ण व्याञ्जनकार सिफारिस भएका छन् ।
































