सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पूर्व सांसद एवं नेपाली काँग्रेस कपिलवस्तुका नेता विष्णुराज आचार्यको निधन

572
shares

काठमाडौ। पूर्व सांसद एवं नेपाली काँग्रेस कपिलवस्तुका नेता विष्णुराज आचार्यको आज बिहान काठमाडौँको बुढानीलकण्ठ स्थित आफ्नै निवासमा ७४ वर्षको उमेरमा निधन भएको छ । स्वर्गीय आचार्य २०४८ र २०५१ को निर्वाचनमा कपिलवस्तु निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित भएका थिए ।

उनको निधन प्रति नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् । उनले भनेका छन्, — ‘नेपाली काँग्रेस कपिलवस्तुका नेता एवं पूर्व सांसद विष्णुराज आचार्यको निधनको खबरले मलाई स्तब्ध र दुःखित बनाएको छ । स्वर्गीय आचार्यले पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा पुर्‍याउनु भएको सक्रिय योगदान पार्टीमा सदा स्मरणीय रहनेछ । उहाँको निधन प्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । उहाँको आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजन प्रति पार्टी र आफ्नो तर्फ बाट गहिरो समवेदना प्रकट गर्दछु ।’ स्वर्गीय आचार्यका श्रीमती र तीन छोरी हुनुहुन्छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports