सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

विचौलियाहरुले नियुक्ति पाएकै छन्, घिसिङ आउट

416
shares

काठमाडौ । गएको प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचनमा जनतालाई आश्वासनका फोस्रा नारा दिएर सत्तामा पुगेको नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले पछिल्लो समयमा जनचाहनानुसारको काम गर्नुको बदला उल्टो काम गर्दै आएको छ । केपी ओली नेतृत्वको नेकपाको सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गको पदावधि थपेन । नेपाली जनताले १८ घण्टाको लोडसेडिङ्ग भोगिरहेको अवस्थामा त्यसलाई चिर्दै उनी उज्यालोका नायक बन्न सफल भए । अर्थात लोडसेडिङ्गबाट मुलुकलाई मुक्त गराए । छोटो समयमै मुलुकलाई लोडसेडिङ्गबाट मुक्त गराएपछि उनी नेपाली जनतामा उज्यालोका नायक मात्र बनेनन् र ठुलो घाटामा गएको विद्युत प्राधिकरणलाई ११ अर्बभन्दा बढी फाइदामा लगे । ु

कुन व्यक्तिलाई कस्तो ठाउँमा राख्ने निर्णय गर्ने अधिकार सरकारलाई भएपनि नेपाली जनताले पुन एक कार्यकाल विद्युत प्राधिकरणमा घिसिङ्गकै नियुक्ति दिन सरकारलाई दबाब दिँदै आएका भएपनि सरकारले आवाज सुन्दै सुनेन । घिसिङ्गलाई पुन नियुक्ति दिए आफू अलोकप्रिय हुने र जनताको चाहनानुसार दिनरात नभनि काम गर्ने, प्राधिकरणलाई सक्षम बनाउने घिसिङ्ग जनतामा लोकप्रिय हुने डर सरकारलाई भयो त्यही कारण घिसिङ्गलाई नियुक्ति दिइएन । सरकार समर्थक केही सञ्चारमाध्यमहरुले घिसिङ्गले पदमा रहँदा सरकारको निर्देशन वेवास्ता गरेको, आफ्नो पक्षमा सञ्चारमाध्यममा पुगेर प्रचार प्रसार गरेको आरोप लगाएपनि जनताले त्यसलाई पत्याउन सक्ने अवस्था देखिँदैन । अहिले पनि घिसिङ्ग पक्षमा दिनहुँ जनताले उनलाई नियुक्ति दिन नारा जुलुस गरिरहेको छ भने सरकार भने उनीहरुमाथि लाठी प्रहार गरिरहेको छ ।

विद्युत पूर्वाधारको विकासका लागि घिसिङ्गलाई नै निरन्ततरता दिनु आवश्यक थियो । तर जनताको भावना र चाहनालाई कहिल्यै बुझ्न नसक्ने ओली सरकारले उनलाई पुर्ननियुक्ति दिन चाहिरेकै छैन । प्रधानमन्त्री केपी ओलीले समृद्ध नेपाल सुखी नेपालीको नारा अघि सारेका छन् । त्यही नारालाई साकार पार्ने काममा घिसिङ्ग सक्रिय रहेका थिए, तर घिसिङ्ग जस्ता इमान्दार र सक्षम मान्छेको आवश्यकता सरकारलाई परेन त्यही कारण उनको पदावधि थपिएन ।

आम जनताको नजरमा कुलमान घिसिङ्ग उज्यालोको नायक हुन् । २४ घण्टा अँध्यारोमा बसेको जनतालाई उज्यालोमा राखेका थिए तर उनी नेकपाका कार्यकर्ता थिएनन्, उनी नेकपाका कुनै नेता ज्वाई, भान्जा, सम्धी परेनन् । त्यसैले उनको पुर्ननियुक्ति हुन सकेन । विचौलिया र पैसा बुझाउनेहरुले पटक पटक नियुक्ति पाईरहेका छन् । भ्रष्टाचारको आरोप लागेका व्यक्तिले पटक पटक नियुक्ति पाईरहेका छन् तर घिसिङ्गलाई न भ्रष्टाचारको आरोप लागेको छ न अन्य कुनै आरोप । तर तिनै व्यक्तिलाई सरकारले वेवास्ता गरेर नियुक्ति दिन इन्कार गरेको हुनाले ओली नेतृत्वको सरकारले जनताको चाहनानुसार राज्य सञ्चालन गर्ने गरेको छैन भनेर प्रमाणित भएको छ ।

लोकतन्त्र भनेको जनताको चाहनानुसार राज्य सञ्चालन हुनुपर्ने हो । चुनाव हारेका वा जनताले मन नपराएर चुनावमा हराईदिएका व्यक्तिहरुलाई सम्मानित पदहरुमा नियुक्ति गरिरहेको छ । वडा सदस्यमा पराजित भएका व्यक्ति सांसद बनाइएका छन् । नेकपाकै नेता एवं पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई गएको प्रतिनिधिसभाको निर्वाचनमा बर्दिया क्षेत्र नं. २ का जनताले चुनावमा हराईदिएका थिए । अहिले तिनै गौतमलाई संविधानको उल्लंघन गर्दै विज्ञहरु नियुक्त हुने कोटाबाट उनलाई राष्ट्रिय सभाको सदस्य बनाइएको छ । विचौलियाहरुले धमाधम सरकारबाट नियुक्ति पाईरहेका छन् । यी सबै कारणहरुले गर्दा प्रष्ट हुन्छ नेकपाको ओली सरकार जनताप्रति उत्तरदायी छैन । क्षमतावान् र योग्य व्यक्तिलाई पाखा लगाउँदै सरकारले राम्रा भन्दा हाम्रा मान्छेलाई नियुक्ति दिने गरेको हुनाले सक्षम र योग्य व्यक्तिहरु धमाधम देश छोड्न बाध्य भएका छन् । प्रधानमन्त्रीले भ्रष्टाचारहरुको मुखै नहेर्ने उद्घोष गरेका भएपनि उनीसमेत तिनै भ्रष्टाचारीहरुको विचमै रमाउन थालेका छन् ।

प्रधानमन्त्री ओलीकै कार्यकालमा ठुला ठुला भ्रष्टचार भएका छन् तर आजसम्म कसैलाई कारबाही भएको छैन । भ्रष्टाचार नियन्त्रण र रोकथाम गर्न गठन गरिएको सम्वैधानिक आयोग अख्तियारमा समेत सरकारको छायाँमा परेको छ । अख्तियारले ठुला ठुला भ्रष्टाचारीलाई क्लिन चिट दिने संस्थामा परिणत भएको छ भने खरिदार र सुब्बासम्मका कर्मचारीहरुलाई कारबाही गर्दै रमाउँदै बसेको हुनाले कुलमान घिसिङ्ग जस्ता योग्य र सक्षम व्यक्तिको आवश्यकता सरकारले देख्न सकेन ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports