२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अख्तियार ठुला भ्रष्टाचारीलाई क्लिन चीट दिन सक्रिय

975
shares

काठमाडौ । भ्रष्टाचारलाई न्यूनीकरण र नियन्त्रण गर्न गठन गरिएको सम्वैधानिक आयोग अख्तियार दुरुपयोग अनुसन्धान आयोग यतिबेला चर्चाको शिखरमा पुगेको छ । यति बेला आयोगका दुईखाले प्रवृत्तिका बारेमा चर्चा चलेको छ । एउटा हो गर्नुपर्ने गतिला कामहरु नगरी यो संस्थाले आफ्नो सम्वैधानिक र कानुनी दायित्वबाट च्युत हुँदै गएको छ भने सत्तासिनहरुबाट हुने गरेका आर्थिक मनपरीतन्त्र अख्तियारकै कारण बढ्दै गएको छ । अर्को भनेको केही गरेको देखाउनको लागि मुद्दाको संख्या बढाउने गरी सानातिना कर्मचारीहरुका केशलाई ठुलो मुद्धा बनाउने अख्तियारको रणनीति कति घातक हुन्छ भन्ने ज्ञान समेत नभएका अख्तियारका प्रमुख आयुक्त र आयुक्तहरुको निर्णयकै कारण एक हजार घुस लिएको आरोपमा ४१ दिनसम्म अख्तियारको थुनामा राखेका तत्कालिन मालपोत कार्यालयका खरिदार रामहरि सुवेदीले ज्यान गुमाउन बाध्य भए । ती कर्मचारीले आत्महत्या गरेको १० महिनापछि विशेष अदालतले उनी निर्दोष रहेको भन्दै मृतक सुवेदीलाई सफाई दिएको छ । यस घटनाले गर्दा अख्तियारको कार्यशैलीमाथि नै प्रश्न उठेको छ । निर्दोष व्यक्तिलाई एक हजार घुस खाएको आरोप लगाएर ४१ दिनसम्म थुनामा राख्ने अख्तियारले ठुला ठुला भ्रष्टाचारीहरुलाई छुनसम्म सकेको छैन ।

अख्तियारले केही गरेको जस्तो देखाउनका लागि स साना कर्मचारीहरुमाथि मुद्दा चलाउँदै मुद्दा चलाएको देखाउँदै आएको छ । अख्तियार स साना काण्डमा मात्र रमाउन थालेको छ । तत्कालिन माओवादी केन्द्रमा लडाकुहरु राखिएका शिविरहरुमा अबौं भ्रष्टाचार भएको भन्दै हालका प्रतिनिधिसभा सदस्य महेश बस्नेतले लिखित उजुरी नै गरेका थिए तर त्यस विषयमा आजसम्म अख्तियारले छानविन सम्म गर्न सकेको छैन । त्यसैगरी कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्न खरिद गरिएको औषधी र उपकरणमा समेत व्यापक भ्रष्टाचार भएको भन्दै विवेकशिल पार्टीले लिखित उजुरी गरेको थियो । उक्त उजुरीमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिका संयोजक समेत रहेका उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेल लगायतका स्वास्थ्य मन्त्रालयका उच्च तहका प्रतिनिधिहरुमाथि आरोप लगाइएको भएपनि त्यस विषयमा अख्तियारले चासो नै दिएन ।

ओम्नी ग्रुपसँग असम्बन्धित व्यक्तिले गरेको औषधी र उपकरण सम्झौताका बारेमा अख्तियार मौन रह्यो । अबौं र करोडौँ भ्रष्टाचारको मामला छोडेर अख्तियार हजार ५ सयका मुद्दामा मात्र अल्मलिनुले प्रमाणित हुन्छ ठुलालाई कारबाहीको लागि मुद्दा चलाउने क्षमता अख्तियारका पदाधिकारीहरुमा छैन, रहेन ।

अख्तियारका प्रमुख आयुक्त नविन घिमिरेले भाद्र २९ गते देखि अनिवार्य अवकास पाइसकेका छन् । उनको कार्यकालमा गोजीमा पैसा बोकेका व्यक्तिहरुलाई त्यसमा पनि खरदार सुब्बालाई मात्र पक्रिने र रसिद काट्नु भुलेका व्यक्तिहरुलाई पक्रिएर कारबाही चलाउनेमै सिमित भयो । गत मंसिरमा यातायात कार्यालयका ३८ जना कर्मचारी विरुद्ध मुद्दा चलाएकोमा २९ जनालाई ५ हजार भन्दा कम विगोका आरोपित थिए भने गत वर्ष अख्तियारले हालसम्मकै बढी ४ सय ४१ मुद्दा विशेष अदालतमा दायर गरेकामा दुई तिहाई भन्दा बढी घुस र शैक्षिक प्रमाणपत्रमा पक्रेका थिए । अख्तियारले मुद्दा दर्ता गर्नुलाई नै आफ्नो सफलता मानेको छ । अख्तियारका प्रमुख आयुक्त र आयुक्तहरुले केही मुद्दामा प्रतिशोध साँधेको सम्म आरोप लाग्दै आएको छ । जबसम्म अख्तियारमा पुग्ने व्यक्ति आफैँ शुद्ध आचरणको हुँदैन र राजनीतिक दलको सिफारिसमा त्यहाँ पुग्ने परम्परा रहिरहन्छ, तबसम्म अख्तियारले ठुला ठुला भ्रष्टाचारीलाई कारबाही गर्न नसक्ने भएकाले अब खुल्ला प्रतिस्पर्धाबाट त्यहाँका पदाधिकारी नियुक्त गरिनु आवश्यक छ ।

ठुला ठुला शक्तिलाई केही गर्न नसक्ने अनि स सानालाई मात्र पेल्ने हो भने सम्वैधानिक र छुट्टै स्वायत्त संस्थाका रुपमा रहेको संस्थाको औचित्य रहँदैन । राज्य सत्तामा रहेकाहरुलाई क्निल चिट दिने संस्थाको रुपमा अख्तियार रहनु हुँदैन । कानुनको सिद्धान्त अनुसार सबैलाई कानुन बराबरी भन्ने सिद्धान्तलाई अख्तियारले पालना नगर्ने हो भने त्यस्तो संस्थाको औचित्य नै हुँदैन । अख्तियारभित्र रहेका विभिन्न महाशाखामा रहने महाशाखा प्रमुखहरुबाट समेत फटाई हुने र त्यहाँ रहेका प्रहरीहरुले समेत पक्राउ गरेका व्यक्तिहरुलाई नआवश्यक दबाब दिने, कुटपिट गर्ने गरेका हुनाले त्यस्तो कार्य अविलम्ब रोकिनु आवश्यक छ ।

एक हजार घुस खाएका भनिएका रामहरि सुवुदीले आत्महत्या नै गरे । उनलाई आत्महत्या गर्न बाध्य अख्तियारले नै पारेको हुनाले अब अख्तियारका प्रमुख आयुक्त र आयुक्तहरु अनि महाशाखा प्रमुख, कर्मचारीहरु र प्रहरीले त्यसबाट पाठ सिकेर अघि बढेको खण्डमा मात्र अख्तियारप्रति जनताको भरोसा रहन सक्छ । खरिदार र सुब्बालाई मात्र कारबाही गरेर ठुला भ्रष्टाचारीलाई कारबाही नहुने हो भने अख्तियार भन्ने संस्था नै विघटन गरिदिए हुन्छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports