कांग्रेसमा देउवा पक्षको मनोमानी : क्षेत्रले पठाएको उम्मेदवार फिर्ता गर्ने जिल्ला सभापति थापाको षड्यन्त्र
वि.सं.२०७९ वैशाख १५ बिहीवार १२:४१
shares

भक्तपुर । उम्मेदवार छनोटको विषयमा देशभर सभापति शेरबहादुर देउवा पक्षले दादागिरी र मनोमानी गर्दै आफूँ पक्षीय उम्मेदवारहरुलाई मात्र टिकट वितरण गरेको आरोप लाग्दै आएको छ ।
यसबीच भक्तपुरमा देउवा पक्षका सभापति दुर्लभ थापाले पार्टीले गरेको आधिकारिक निर्णयलाई लत्याउँदै आफ्ना पक्षधरलाई मात्र उम्मेदवार बनाउने जोडबलमा लागेका छन् ।
भक्तपुरका एक क्रियाशिल नेता भन्छन्–‘निर्वाचनमा पार्टीले जितोस् हारोस् उनलाई मत्लब छैन, सभापति थापा आफ्ने जित चाहान्छ ।’
नेपाली कांग्रेस क्षेत्रहरुले सूर्य विनायक नगरपालिका र मध्यपुर थिमी नगरपालिका लगायत चारै नगरपालिकाका वडाका वडा अध्यक्ष तथा सदस्यकाको टुँगो लगाईसकेको भएपनि सभापति थापाले क्षेत्रले पठाएको केही उम्मेदवारलाई फिर्ता बोलाएर आफ्ना उम्मेदवारलाई पठाउने षड्यन्त्र गरेको समाचार स्रोतको भनाई छ ।
थापाले गठबन्धन हुँदा सजिलै जित हाँसिल गर्ने उदेश्य सहित जिल्ला भरी आफूँ अनुकूलका व्यक्तिहरुलाई बलमिच्याईं टिकट वितरण गरेको आरोप लागेको छ । उनले जिल्लाका मेयर र उपमेयरहरुमा समेत आफ्नै मान्छेमात्र छनोट गर्दा भक्तपुर कांग्रेसमा व्यापक असन्तुष्टि बढेको छ ।
थापाको मनोमानी गरेकै कारण भक्तपुरमा कांग्रेसले ठुलो क्षति व्यहोर्नुपर्ने अड्कलबाजी अधिकांश कांग्रेसीहरुको रहेको छ ।




































