कर्ण मल्लले गरे प्रदेश संसद बाट राजिनामा
वि.सं.२०७९ वैशाख १५ बिहीवार १५:५०
shares

काठमाडौं । नेपाली कांग्रेसले साधारण सदस्य बाट निष्कासन गरेपछि डडेलधुरा कांग्रेसका पूर्वसभापति कर्णबहादुर मल्लले प्रदेशसभा सदस्य पद बाट राजीनामाको घोषणा गरेका छन् ।
बिहीबार डडेलधुरामा पत्रकार सम्मेलन गर्दै मल्लले प्रदेश सभा सदस्य बाट राजीनामा गर्ने घोषणा गरेका हुन् । ‘मलाई यो पार्टी बाट प्रदेश सभाको निर्वाचित सांसद पदमा बसिरहन नैतिकताले दिँदैन,’ पत्रकार सम्मेलन गर्दै उनले भने,‘आज देखि म प्रदेशसभा सांसद नरहेको सञ्चारमाध्यम बाट घोषणा गर्दछु ।’



































