पल शाहले दर्ता गरेका दुई छुट्टाछुट्टै निवेदन एक साथ पेश गर्न उच्च अदालत पोखराको आदेश
वि.सं.२०७९ वैशाख १५ बिहीवार १६:३१
shares

पोखरा । उच्च अदालत पोखराले बलात्कारको आरोप लागेका पल शाहले दर्ता गरेका दुई छुट्टाछुट्टै निवेदन एक साथ पेश गर्न आदेश दिएको छ ।
जिल्ला अदालत तनहु र नवलपुर बाट आफूलाई थुनामा राख्ने भनी गरेको आदेश विरुद्ध शाहले उच्च अदालत पोखरामा छुट्टाछुट्टै निवेदन दिएका थिए । उच्च अदालतले ती दुवै निवेदन एक साथ पेश गर्नु भनी आदेश गरेको हो ।






































