kumari
stcnepal

आज थपिए १५ जना कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८२२ जनाको पीसीआर परीक्षणमा १५ जना र ९९३ जनाको एन्टीजेन परीक्षणमा ० जना गरी १५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना बाट १८ जना निको भएका छन् भने हाल देशभर २४९ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये २४५ जना होम आइसोलेसनमा रहेका छन् भने ४ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

विहीबार थपिए सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार 981 पुगेको छ । यो सँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६६ हजार ५९३ जना संक्रमणमुक्त भएका छन् ।

 

 

 

footer