नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काँग्रेसका जनहरू सभापति देउवा संग रूष्ट

416
shares

काठमाडौं ।नेपाली काँग्रेस बाट बागी उम्मेदवार भएकाहरूले पार्टी सभापति शेरबहादुर देउवाप्रति आक्रोश पोखेका छन् । उनीहरूले देउवा पार्टीको नीति, सिद्धान्त र वीपीको आदर्श बाट च्युत भएको टिप्पणी पनि गरेका छन् । यस्तो टिप्पणी गर्नेमध्ये एक हुन् –जगन्नाथ पौडेल । चितवनको भरतपुर महानगरपालिकामा बागी उम्मेदवार बनेका छन् ।

सामाजिक सञ्जाल ट्वीटर मार्फत उनले भनेका छन्, ‘भरतपुर निवासी काँग्रेसीजन हामी सबै विपीको आदर्श र सिद्धान्तमा अडिग छौं । हाम्रो जीत सत्ताका निमित्त सौदाबाजी गर्ने र आफ्नो नीति र सिद्धान्त तिलाञ्जली दिने नेतृत्वको प्रवृत्तिप्रति गतिलो झापड हुनेछ ।’ देउवाले उनलाई पटक पटक बागी उम्मेदवारी फिर्ता लिन दबाब दिएका थिए । गृहमन्त्री बालकृष्ण खाण र राज्यमन्त्री उमेश श्रेष्ठलाई सम्झाइ बुझाइ सहित आश्वासन दिन पौडेलकै घर चितवन पठाए । तर, उनी फकिएनन् । बागी उम्मेदवारी फिर्ता लिएनन् । नलिएपछि उनलाई शुक्रबार नै काँग्रेसले साधारण सदस्यतासमेत नरहने गरी कारबाही गरेको छ ।

देउवा प्रति आक्रोशित हुने अर्का बागी उम्मेदवार हुन्– विमल कार्की । पोखरा महानगरपालिकाको प्रमुख पदमा उम्मेदवार बनेका कार्कीले देउवाले काँग्रेसीजनको भावनालाई कदर नगरेर गलत ढंगले निर्वाचनमा तालमेल गरेको बताएका छन् । उनले देउवाले गरेको गल्तीको भागिदार नहुने पनि बताए । बागी उम्मेदवारी फिर्ता नलिएपछि उनी पनि कारबाहीमा परेका छन् । सभापति देउवाले बिहीबार बागी उम्मेदवारी फिर्ता लिन अपिल जारी गरेका थिए । अपिलमै उनले फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएका थिए ।

शुक्रबार बिहान पनि पार्टी केन्द्रीय कार्यालयले विज्ञप्ति जारी गर्दै फिर्ता लिन आग्रह गरेको थियो । धेरै ठाउँमा नलिए पनि प्रमुख दुई महानगरपालिकामा बागी उम्मेदवारी दिएका पौडेल र कार्कीले भने नलिएका हुन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports