आज थप ५ जनामा कोरोना संक्रमण
वि.सं.२०७९ वैशाख १७ शनिवार १५:५६
shares

काठमाडौं । पछिल्लो २४ घण्टामा ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६६ पीसीआर परीक्षणमा ४ जना र एक हजार १४८ एन्टिजेन परीक्षणमा एक जना गरी ५ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुत हुनेको संख्या १७ रहेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २३० रहेको छ ।





































