कांग्रेस परित्याग गरि राप्रपा बाट उम्मेदवार बनेका अर्याललाई ज्यान मार्ने धम्की, राप्रपाले गर्यो बिरोध
वि.सं.२०७९ वैशाख १७ शनिवार १६:४०
shares

काठमाडौं । नेपाली कांग्रेस परित्याग गरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका सन्तोष अर्याललाई ज्यान मार्ने आएको छ । आर्याललाई परिचित व्यक्तिले धम्की दिएका हुन् । उनलाई ज्यान मार्ने धम्की आएपछि राप्रपाले प्रेस विज्ञप्ति जारी गरी धम्की प्रति सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ,‘केही समयअघि नेपाली कांग्रेस परित्याग गरि राप्रपा प्रवेश गरेका र हाल गोकर्णेश्वर ५ मा वडा अध्यक्षका उम्मेदवार रहेका सन्तोष अर्याललाई परिचित व्यक्तिले कांग्रेस हराउन हिँडेको भन्दै ज्यान मार्ने धम्की दिएको घटना प्रति दुःख व्यक्त गर्दछौँ ।’
अर्याललाई परिचित व्यक्तिले कांग्रेस हराउन हिँडेको भनी ज्यान मार्ने धम्की दिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । राप्रपाले राजनीतिक दल छान्ने व्यक्तिको निजी अधिकार माथि धावा बोल्ने काम लोकतन्त्रमा सह्य नहुने बताउँदै दोषीलाई कारबाही गर्न सरकार र निर्वाचन आयोगलाई आग्रह गरेको छ।
विज्ञप्तीमा उल्लेख गरेको छ,‘राजनीतिक दल छान्ने व्यक्तिको निजी अधिकार माथि धावा बोल्ने काम लोकतन्त्रमा सह्य हुँदैन । यसबारे स्थानीय प्रशासनलाई जानकारी गराइएको बत्ताइएको छ ।’ अर्याल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ का राप्रपाका वडाध्यक्षका उम्मेदवार हुन्।





































