विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भारतको नेपालको लागि नयाँ राजदूतमा नवीन श्रीवास्तवलाई औपचारिक रुपमा प्रस्ताव

572
shares

काठमाडौं । भारतले नेपालको लागि नयाँ राजदूतमा नवीन श्रीवास्तवलाई औपचारिक रुपमा प्रस्ताव गरेको छ । आगामी बुद्ध जयन्तीमा हुन लागेको प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणअघि भारतले काठमाडौंमा नयाँ राजदूत पठाउन लागेको हो ।

भारतीय अखबार ‘द हिन्दूस्तान टाइम्स’ले बुधबारको संस्करणमा श्रीवास्तवलाई राजदूतमा पठाउन लागिएको खबर प्रकाशित गरेको छ । श्रीवास्तवले भारतीय विदेश मन्त्रालयमा पूर्वी एसिया डिभिजन हेर्छन् । दुई वर्षअघि लद्दाखमा सुरु भएको चीन सँगको सीमा विवादको मामिलालाई सुल्झाउन श्रीवास्तवले कूटनीतिक र सैनिक संवादमा महत्वपूर्ण भूमिका खेलेका भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । ‍पूर्वभारतीय राजदूत विनयमोहन क्वात्राले यसै महिना भारतीय विदेश सचिवको कार्यभार सम्हालेपछि काठमाडौंमा भारतीय राजदूत पद रिक्त छ । श्रीवास्तवलाई राजदूत बनाउने सम्बन्धी कागजपत्र नेपाली परराष्ट्र मन्त्रालयमा समेत पठाइएको जनाइएको छ ।

श्रीवास्तवले अहिले भारतीय विदेश मन्त्रालयमा चीन, जापान, उत्तर कोरिया, दक्षिण कोरिया र मंगोलियाको मामिला सम्हालेका छन् । उनी चीन मामिला हेर्ने अनुभवी कूटनीतिज्ञ भएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । यसअघि उनले चीनको सांघाइमा भारतीय कन्सुलर जनरलको रुपमा काम गरिसकेका छन् । ‘चीन बारेको उनको अनुभवले नेपालमा बढ्दो चिनियाँ प्रभावलाई कम गर्न भूमिका खेल्ने अपेक्षा गरिएको छ’ हिन्दूस्तान टाइम्सले लेखको छ । आगामी जेठ २ गते पर्ने बुद्ध जयन्तीको अवसरमा मोदी लुम्बिनी भ्रमणमा नोपल आउनु अघि दिल्लीले काठमाडौंमा कूटनीतिज्ञ पठाउन लागेको हो ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports