२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै भारत सँगका सीमा नाका ७२ घण्टा बन्द गरिने

871
shares

नवलपरासी ।स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै भारत सँगका सीमा नाका ७२ घण्टा बन्द गरिने भएको छ । चितवन, पूर्वी नवलपरासी, पश्चिम नवलपरासी र भारत बिहार प्रदेश अन्तरगत पर्ने पश्चिम चम्पारनका सुरक्षा अधिकारीहरुको सुनवलमा बसेको बैठकले सीमा नाका ७२ घण्टा बन्द गर्ने निर्णय गरेको हो ।

वैशाख २७ गते बेलुकी ७ बजे देखि वैशाख ३० गते बेलुकी ७ बजे सम्म सीमा नाका बन्द गर्ने निर्णय गरेको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए । स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि सीमा क्षेत्रमा रहेका भारतीय सुरक्षा अधिकारीहरुको पनि सहयोग आवश्यक रहेकाले बैठक आयोजना गरिएको पोखरेलले बताए ।

निर्वाचनका समयमा सीमा क्षेत्र बाट अवैध हातहतियार भित्रिन सक्ने र त्यसले निर्वाचनलाई बिथोल्न सक्ने भएकाले त्यसको नियन्त्रणका लागि सीमा क्षेत्रमा गस्ती बढाएर निगरानी गर्ने निर्णय भएको छ । त्यसैगरी सीमा क्षेत्र बाट भित्रिने लागुऔषध, मानव बेचविखन र तस्करी नियन्त्रणका विषयमा पनि गंभिर छलफल भएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए । सीमा शिल भए पनि वैवाहिक कार्यक्रम र एम्बुलेन्सलाई भने आवतजावत गर्न दिइने छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports