प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्री देउवाका बिरूद्ध चितवन निर्वाचन कार्यालयमा आचारसंहिता उल्लघन गरेकोमा उजुरी, सरकारी सम्पति दुरुपयोग गरेको आरोप

520
shares

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवा विरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा उजुरी परेको छ ।नेपाली कांग्रेसका सभापति समेत रहनुभएका देउवाले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै चुनावी सभामा सहभागी हुन भरतपुर आउन लागेको भन्दै उजुरी परेको हो । गठबन्धनले बिहीबार भरतपुरमा आयोजना गर्न लागेको चुनावी सभामा सहभागी हुन देउवा बुधबार चितवन आउँदै हुनुहुन्छ। देउवा विरुद्ध अधिवक्ता सुनिता अधिकारीले उजुरी दिनुभएको हो ।


आचारसंहिताको विषयमा एउटा लिखित उजुरी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सूचना अधिकारी पुरुषोत्तम पौडेलले पुष्टि गर्नुभयो । ‘भोलि हुने आमसभाको विषय जोडेर आज एउटा लिखित उजुरी परेको छ’, उहाँले भन्नुभयो । यो विषयमा निर्वाचन आयोगलाई जानकारी गराइएको र पत्राचार गर्ने तयारी पनि भइरहेको उहाँले बताउनुभयो । बुधबार जिल्ला आचारसंहिता अनुगमन समिति र स्थानीय आचारसंहिता अनुगमन समितीको बैठक बसेर आचारसंहिता पालनाका लागि सुरक्षा निकायलाइ पनि पत्राचार गर्न लागिएको उहाँले बताउनुभयो । निर्वाचन आचार संहिता २०७८ को दफा ५ ले निर्वाचनमा आफै उम्मेदवार भएका अवस्थामा बाहेक नेपाल सरकार, प्रदेश सरकारका मन्त्रीले कुनै राजनीतिक दल वा उम्मेद्वारको पक्ष विपक्षमा प्रचार प्रसारमा खेल्न हुन वा प्रचार प्रसार गर्न नहुने स्पष्ट व्यवस्था गरेको छ । तर, प्रधानमन्त्रीले नेताको मात्र हैसियतमा सरकारी सम्पत्तिको प्रयोग नगरी प्रचारप्रसारमा सहभागी हुन पाउने आयोगका अधिकारी बताउँछन् । आचारसंहिता विपरीत हुन लागेको कार्यक्रम र प्रधानमन्त्रीको आगमन स्थगित गर्न र आचारसंहिता विपरीतको कार्य भएमा सजाय गर्नका लागि पनि अधिवक्ता अधिकारीले माग गर्नुभएको छ ।

‘२२ वैशाखका दिन नेपाली कांग्रेस, माओवादी समेतका गठबन्धनका उम्मेद्वारको पक्षमा शेरबहादुर देउवा लगायत नेपाल सरकार तथा प्रदेश सरकारको मन्त्रीहरू सहभागी हुने कुरा राष्ट्रिय समाचार पत्रिकामा प्रकाशित भएको हुँदा आचारसंहिता विपरीत हुन लागेको कार्यक्रम स्थगित गरी पाउँ र आचारसंहिता विपरीत कार्य भएमा सजाय समेत गरी पाऊँ’, उजुरीमा भनिएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports