प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्रिय मानव अधिकार आयोगले स्थानीय तह निर्वाचनको अनुगमन गर्ने

611
shares

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले स्थानीय तह निर्वाचनको अनुगमन गर्ने भएको छ । आयोगका अध्यक्ष तपबहादुर मगरले निर्वाचन पूर्व, अघि र निर्वाचनको समेत गरी तीन चरणमा अनुगमन गर्ने तयारी रहेको बताए ।

‘आयोगले उम्मेदवारी मनोनयनको पनि अनुगमन गरेको थियो’ मानव अधिकार आयोगमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष मगरले भने, ‘निर्वाचन(मतदान)का दिनमा समेत आयोगको टोलीले देशव्यापी अनुगमन गर्नेछ ।’ उनका अनुसार निर्वाचनको अवधिमा आयोगले ४७ वटा टोली बनाएर परिचालन गर्ने र निर्वाचनको अनुगमन गर्ने योजना बनाएको छ ।आयोगका अनुसार, अनुगमनका लागि कन्ट्रोल रुम(नियन्त्रण कक्ष) र द्रूत अनुगमन संयन्त्र बनिसकेको छ । आयोगका सदस्य सूर्य ढुंगेलले मधेश प्रदेशको अनुगमन गर्नेछन् भने मिहीर ठाकुरले गण्डकी, मनोज दुवाडीले सुदूरपश्चिम, लिली थापाले प्रदेश–१ को अनुगमन गर्नेछिन् ।

मनोनयन दर्ताको अनुगमन गरेको आयोगले सिमान्तकृत समूदायको उमेद्वारी घटेकोमा चिन्ता व्यक्त गरेको छ । ‘विगतको तुलनामा महिला उम्मेदवारी कमी देखिएको छ’ आयोगका अध्यक्ष मगरले भने, ‘समावेशी समूह बाट पनि कम मनोनयन हुनु चुनौती हो ।’ आयोगले निर्वाचन चिन्ह दिने क्रममा विवाद हुनु, प्रचारप्रसारका क्रममा आचारसंहिता उल्लंघन हुनु र घृणाजन्य अभिव्यक्ती व्यक्त हुनुलाई चुनौतीको रुपमा औल्याएको छ । आयोगका अनुसार, अहिले सम्मका अनुगमनका क्रममा अमर्यादित अभिव्यक्तिहरु नै निष्पक्ष र स्वच्छ निर्वाचनको प्रमुख चुनौती बनेको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports