प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मतदान गर्दा सोचविचार गर्न मतदातालाई लिङ्देनको आग्रह

494
shares

वीरगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ३० वैशाखको स्थानीय तह निर्वाचनमा मतदान गर्दा सोचविचार गर्न मतदातालाई आग्रह गरेका छन् ।

मंगलबार पर्साको वीरगञ्जमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै उनले एक भोटले आफ्नो भाग्य र भविष्य निर्धारण गर्ने बताए । ‘भोट ख्याल ख्याल दिने, एक छाकमा, एक ट्वाकमा दिने चिज हैन, एक लिटर पेट्रोल, फुल ट्याङ्की तेलमा दिने हैन । तपाईंको भाग्य र भविष्य निर्माण गर्ने सुअवसर हो । त्यस कारण हजार पटक विचार गरेर दिनुपर्छ’ उनले भने ।

भोट दिनु भनेको आफ्नो हात काटेर दिनुसरह भएको लिङ्देनले टिप्पणी गरे । ‘हात काटेर दिने हो भोट दिने भन्ने कुरा, तपाईंले आफ्नो हात काटेर कसैलाई दिनुपर्ने भयो र दिने हो भने त तपाईले जस्तै काम गर्ने, तपाईलाई अप्ठेरो पर्दा काम दिनेलाई हातको जिम्मा दिनुपर्छ नि’ उनले भने ।

निर्वाचन बाट योग्य मानिस चुन्दा बिहारमा जस्तै परिवर्तन आउन सक्ने उनले बताए । ‘जब सम्म तपाईंले राम्रो नेता चुन्नुहुन्न, राम्रो पार्टी चुन्नुहुन्न, राजनीतिमा राम्रो मान्छेहरुलाई सहयोग गर्नुहुन्न, राजनीतिमा राम्रो मान्छे आउनुहुन्न, तबसम्म तपाईले बेरोजगारी, गरिबी, दुःख, अभाव बाट मुक्ति पाउनुहुन्न’ उनले भने । स्थानीय तह निर्वाचनमा राप्रपाले जितेको ठाउँलाई नमुना बनाएर देखाउने प्रतिबद्धता लिङ्देनले प्रतिवद्धता जनाए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports