विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज नेपाल र जिम्बाब्वे ए बीच पहिलो एक दिवसिय क्रिकेट श्रृङ्खला हुँदै

598
shares

काठमाडौं ।नेपाल र जिम्बाब्वेको ‘ए’ टोली बीच आज पहिलो एक दिवसीय क्रिकेट श्रृङ्खला हुँदैछ । खेल बिहान साढे ९ बजे कीर्तिपुर मैदानमा सुरु हुनेछ । नेपालले जिम्बाब्वे ‘ए’ सँग तीन एक दिवसीय खेल्न लागेको हो । भोलि दोस्रो र सोमवार तेस्रो एक दिवसीय हुनेछ । यसअघि गएको १७ गते देखि तय भएको एक दिवसीय श्रृङ्खला वर्षाका कारण प्रभावित भएपछि खेल तालिका परिवर्तन गरिएको थियो ।

एक दिवसीय श्रृङ्खलाका लागि नेपालले सन्दीप लामिछानेको कप्तानीमा फरक टोली घोषणा गरेको छ । टोलीमा कप्तान लामिछाने सहित आसिफ शेख, देव खनाल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, सागर ढकाल, विक्रम सोब, किशोर महतो, सुनिल धमला, सुशान भारी र आदिल अन्सारी रहेका छन् ।

विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत अमेरिका भ्रमण अघि नेपालले जिम्बाब्वेको ‘ए’ टोली सँग खेलेको टी–२० श्रृङ्खला भने बराबरी भएको छ । तीन टी–२० श्रृङ्खलामा नेपाल पहिलो खेलमा ६ विकेटले पराजित भएको थियो । दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो । तेस्रो खेलमा नेपालले जिम्बाब्वे ‘ए’ टोलीलाई ८ विकेटले हराएको थियो ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports