विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आरजु देउवाको धम्की कांग्रेसले नजितेको ठाउँमा पैसा नपठाउने रे

572
shares

डडेलधुरा ।प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले अत्यन्तै आपत्तिजनक अभिब्यक्ति दिनुभएको छ । पति देउवाको पदको तुजुक देखाउँदै आरजुले आफै प्रधानमन्त्री भएको अनुभुति सहित कांग्रेसले नजितेका स्थानीय तहमा पैसा नपठाउने धम्की दिनुभएको हो । गृहजिल्ला डडेल्धुरामा आज आयोजित चुनावी कार्यक्रममा आरजुले कांग्रेसले मेयर हारेको नगरपालिकामा बजेट नै नपठाउनु उर्दी जारी गर्नुभयो ।

डडेल्धुरामा नेकपा एमाले र नेपाली कांग्रेस (बिपी) तथा नेपाली कांग्रेसका उम्मेदवार बीच प्रतिस्पर्धा हुने देखिएको छ । यही बाट अत्ताल्लिएर आरजले यति निकृष्ट अभिब्यक्ति दिनुभएको हो । ‘जहाँ कांग्रेसको मेयर हुन्न त त्यहाँ हामी किन पैसा पठाउँछौं ? कांग्रेसले मेयर नजितेका ठाउँमा पैसा पठाउँदैनौं, यो कुरा ध्यान दिएर करूवा सरूवा… पार्टीलाई भोट नहाल्नुस,’ आरजुको धम्की थियो ।

कांग्रेस बिपीको चुनाव चिन्ह करूवा छ । कांग्रेस बाट विद्रोह गर्नुभएका पूर्वसभापति कर्ण मल्ल पक्षले डडेल्धुरामा विभिन्न स्थानीय तहमा उम्मेदवारी दिएको छ । मल्ललाई कांग्रेसले कारबाही गरेको थियो । मल्ल पक्षले कांग्रेस बिपीको चिन्ह लिएर एमाले सँग चुनावी तालमेल गरेको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports