सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जनताले कर के का लागि तिर्ने सरकार?

663
shares

काठमाडौ । जनताले भोट दिएर चुनेका आफ्ना जनप्रतिनिधिहरु आफ्ना जनताप्रति उत्तरदायी हुनुपर्ने हो तर व्यवहारमा त्यस्तो देखिएको छैन । जनप्रतिनिधिहरुमा सत्तामोह र आर्थिक लाभ लिने लालचामात्र देखिएकोले जनता एक प्रकारले टुहुरा जस्ता भएका छन् । संविधानले जनतालाई दिएको अधिकार समेत तिनै जनप्रतिनिधिहरुले खोस्न थालेका छन् । चाहे प्रधानमन्त्री हुन् चाहे मन्त्रीहरु नै किन नहुन् उनीहरुसमेत जनताका प्रतिनिधि नै हुन् । जनताले आफ्नो अमूल्य मत दिएर उनीहरुलाई पठाएका हुन् । तर तिनै जनताले मत दिर पठाएको जनप्रतिनिधिहरुले जनताको अधिकार खोस्ने प्रयास गरेका छन् त्यसको प्रत्यक्ष प्रमाण हो कोरोना भाइरसको निःशुल्क उपचार गर्नबाट नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको केपीओली सरकार पछि हट्नु । संविधानमै जनताले सरुवा रोगको निःशुल्क उपचार पाउने अधिकार दिएको छ । सरकारले कोरोना भाइरसलाई सरुवा रोग हो भनि स्वीकार गरिसकेको अवस्थामा कोरोना भाइरसको परीक्षण र उपचार अब गर्न नसक्ने भएकाले शुल्क लिएर मात्र उपचार गर्ने निर्णय गर्नु संविधानको ठाडो उल्लंघन मात्र नभएर सर्बोच्च अदालतले सरकारका नाममा दिएको परमाआदेशको समेत उल्लंघन हो ।

अस्तिमात्र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले उद्घोष गरे जनताको चाहना र माग अनुसार नै सरकारले शुल्क लिएर उपचार गर्ने निर्णय गरेको हो भनेर मन्त्रीको त्यो अभिव्यक्ति आपत्तिजनक मात्र नभएर खेदजनक रहेको छ । हुने खाने र ठुलावडा अनि पहुँचवालाहरुले त ठुला ठुला अस्पतालमा पुगेर शुल्क तिरेरै उपचार गर्न सक्छन्, गरिरहेका छन् तर गरिब निमुखा जनताले कसरी शुल्क तिरेर उपचार गर्न सक्छन् ? सरकारले गरिब निमुखा अपाङ्ग, जेष्ठ नागरिकको निःशुल्क परीक्षण र उपचार गर्ने भनेको छ तर सरकारसँग कति नेपाली, जनता गरिब छन् भन्ने रेकर्ड नै नभएको अवस्थामा त्यो जनतालाई झुक्याउने खेल मात्र हो । अहिले पनि धनीमानी र पहुँचवालालाई पोस्नको लागि निःशुल्क उपचारको सर्त राखिएको छ । सरकारी अस्पतालहरुले नै गरिब र विपन्न परिवारका संक्रमितहरुसँग रकम माग्न थालेका छन् । सरकारले उपचारका लागि जाने कोरोना भाइरसका संक्रमितहरुलाई विभेद नगरिएको बताएतापनि सरकारी अस्पतालले नै विभेद गरेका छन् । पैसा तिरेको रसिद लिएपछि मात्र उपचार पाउने र क्यान्टिनमा नगद जम्मा गरेपछि मात्र खाना खान पाउने व्यवस्था सरकारी अस्पतालहरुले नै गरेका हुनाले कम्युनिष्ट पार्टी नेतृत्वको ओली सरकारको बोली र व्यवहारमा फरक देखिएको छ ।

विश्वका जुनसुकै सरकारको पहिलो दायित्व र कर्तव्य भनेको आफ्ना नागरिकको जिऊ धनको सुरक्षा गर्नु हो । तर ओली सरकार त्यसमा चुकेको छ । सरकार आफ्नो दायित्व र कर्तव्यबाट च्यूत हुँदै गएको छ । जनता सडकमै भौतारिन थालेका छन् । लामो समयको लकडाउन र निषेधाज्ञाले गर्दा जनताले एकछान खाना खान पनि अरुको मुख ताक्नुपर्ने अवस्थामा पैसा तिरेर परीक्षण र उपचार गराऊ भन्नु जनतालाई मर भन्नु सरह हो । के नेपालमा गरिब, अनाथ र निमुखा जनताको बाँच्न पाउने अधिकार छैन त सरकार । पहुँचवाला र ठुलावडाको मात्र यो देश हो त सरकार ? जनता संकटमा पर्दा सरकारले सहयोग गर्दैन भने सरकार के का लागि र जनताले कस्का लागि कर तिर्ने ?

आफ्ना जनतालाई सेवा सुविधा दिनकै लागि जनताबाट कर उठाइने गरेको हो । जनताले आफूँलाई अप्ठ्यारो पर्दा सरकारलाई गुहार्नु जनताको नैसर्गिक अधिकार हो । त्यो अधिकारबाट जनतालाई बञ्चित गरिन्छ भने ठुलाबडालाईघुस खानका लागि जनताले किन कर तिर्ने ? कर तिर्दैनौं भनेर जनता सडकमा आएभने त्यसको जिम्मेवारी सरकारले नै लिनुपर्दछ त्यसैले हामी भन्दछौँ सरकार आफ्नो दायित्वबाट नभाग, कर्तव्य पुरा गर भनेर ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports