विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एकीकृत समाजवादी जिल्ला कमिटी सदस्य सहितका नेता-कार्यकर्ता एमालेमा प्रवेश

611
shares

जनकपुरधाम ।धनुषाको कमला नगरपालिकामा नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।

पार्टी नेता रामचन्द्र झाले तानाशाही प्रवृत्ति देखाएको भन्दै नेकपा एमालेमा प्रवेश गरेको उनीहरुले बताएका छन् । नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला कमिटी सदस्य कपिलदेव बनरैत, जेबिन्दर यादव, श्यामसुन्दर यादव, रामनारायण यादव, जगदीश मुखिया सहितका नेता/कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

कपिलदेवका अनुसार झण्डै डेढ सय जना नेकपा एमालेमा प्रवेश गरेका छन् । उनीहरुलाई एमालेका प्रदेश सदस्य सुकदेव यादव, एमाले मेयरका उम्मेदबार दीपेन्द्र यादव सहितकाले स्वागत गरेका छन् ।

एमाले प्रवेश गरेका कपिलदेवले नेता रामचन्द्र झाले पार्टीमा मनोमानी गर्दै तानाशाही प्रवृत्ति देखाएकाले एमालेमा प्रवेश गरेको बताए । यसअघि धनुषाकै सबैला नगरपालिकामा नेकपा एकीकृत समाजवादी बाट मेयर पदमा उम्मेदबारी दिएका राजु गुप्ता नेकपा एमालेमा प्रवेश गरेका थिए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports