kumari
stcnepal

नेप्से परिसूचक करिव १८ अङ्कले बढ्यो

काठमाण्डौ ।अघिल्लो हप्ता कारोबार दिनमा पुरै घटेको नेप्से परिसूचक आज भने बन्द हुने बेलामा एक्कासि बढेको छ । नेप्सेमा हरियाली छाए पनि कारोबार रकममा भने खासै सुधार हुन सकेको छैन ।

साताको पहिलो दिन आइतबार नेप्से परिसूचक करिव १८ अङ्कले बढेर समग्र बजार २२५६ विन्दुमा पुगेको छ भने एक अर्ब ३२ करोड भन्दा धेरैको शेयर खरिद बिक्री भएको छ । आज नेप्सेमा कारोबार भएका २३३ कम्पनीहरूमा १३६ कम्पनीको शेयर मूल्य बढेको छ भने बाँकी कम्पनीको भने घटेको छ ।

आज नेप्सेका सूचकहरू हरियाली भएका छन भने उपसूचकमा बैंक र माइक्रो फाइनान्स भने घटेका छन । नागरिक लगानी कोषको शेयर सबै भन्दा धेरै रकमको कारोबार हुँदा जाल्पा लघुवित्तको शेयर मूल्यमा सर्किट लागेर कारोबार भएको छ ।

 

 

footer