विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

श्रीलंकामा सरकार समर्थक र विरोधि बीच भएको हिंसात्मक झडपमा एक सांसद सहित ५ जनाको निधन

624
shares

कोलम्बो ।श्रीलंकामा सरकार समर्थक र विरोधि बीच भएको हिंसात्मक झडपमा एक सांसद सहित ५ जनाको ज्यान गएको छ। समाचार संस्था एएफपीका अनुसार घटनामा परी कम्तीमा १५० जना घाइते भएका छन्।

सत्तारूढ दलका सांसद अमरकीर्थी अथुकोरालाले एउटा कारलाई रोक्ने क्रममा सोमबार गोली चलाउँदा दुई जना गम्भीर घाइते भएका थिए घाइते मध्ये एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। सांसद्ले ‘त्यसपछि आफ्नो रिभल्भरले आफ्नै ज्यान लिएको,’ एक प्रहरी अधिकारीले एएफपीलाई टेलिफोनमा जानकारी दिएका छन्।

त्यसपछि प्रहरी, सरकार समर्थक र विरोधी बीच भइरहेको लगातारको झडपमा परी थप ३ जनाको ज्यान गएको छ। कोलम्बोमा भएको झडपका घाइतेको उपचार भइरहेको कोलम्बो नेशनल अस्पतालका प्रवक्ता पुष्पा सोयसाले एएफपीलाई बताइन्। यसैबीच श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजपक्षले सरकार विरोधी प्रदर्शन तिब्र भइरहँदा राजीनामा दिएका छन्।

राष्ट्रपति तथा आफ्ना भाइ गोटबय राजपक्षलाई राजीनामा पत्र बुझाउँदै ७६ वर्षीय प्रधानमन्त्रीले नयाँ सरकारका लागि बाटो खोल्न आफूले राजीनामा दिएको बताएका छन्। त्यस्तो नयाँ सरकारले गहिरिँदो आर्थिक सङ्कट बाट बाहिरिन देशलाई निर्देश गर्न सक्ने पनि उनले पत्रमा उल्लेख गरेका छन्।

सरकार विरोधी प्रदर्शनकारी तथा राजपक्ष दाजुभाइका समर्थक बिच हिंसात्मक झडपहरू भएपछि कर्फ्यु लगाइए लगत्तै उनले राजीनामा दिएका हुन्। प्रधानमन्त्रीको राजीनामा पछि पनि श्रीलंकामा प्रदर्शन रोकिएको छैन। आगजनी र तोडफोडमा उत्रिएका सर्वसाधारणले प्रधानमन्त्री राजपाक्षेको पुर्खौली घरमा आगो लगाइदिएका छन्।एजेन्सी

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports