विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज सीता जयन्तीको अवसरमा राष्ट्रपतिले दिईन शुभकामना

637
shares

काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीले सीता जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना दिएकी छन् । राष्ट्रपति भण्डारीले एक सन्देश जारी गर्दै राजर्षी जनककी छोरी एवं नेपाल भूमिकी गरिमामयी पुत्री, राष्ट्रिय विभूति सीताको उत्पत्ति दिवसका अवसरका अवसरमा शुभकामना दिएकी हुन् ।

प्राचीन मिथिलाको केन्द्र मानिएको जनकपुर सहित देशभरिका राम, जानकी मन्दिरमा प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन विशेष पूजाअर्चना सहित सीता उत्पत्ति दिवस अर्थात् सीता जयन्ती मनाउने गरिन्छ । माता सीताको आदर्श बाट प्रेरित वैदिक समाज र त्यस बखतको राज्य सञ्चालन प्रक्रियामा मातृ शक्तिको भूमिकाले हाम्रो समृद्ध प्राचीन सभ्यताको परिचय दिन्छ ।

युग व्यतीत भएपछि इतिहासका कतिपय पक्ष वर्तमानका परम्परा वा संस्कृतिमा रूपान्तरण हुन्छन् । वैदिक सभ्यताका धेरै मानक ग्रन्थमा सीता उत्पत्तिका कथा पाइएको हुनाले माता सीताको जन्म हाम्रो पौराणिक तथा सांस्कृतिक विश्वासको धरोहरका रूपमा रहिआएको छ ।सनातन संस्कृतिमा नारी शक्तिको महत्व दर्शाउने पर्वका रूपमा सीता जयन्तीलाई हामीले ग्रहण गर्नुपर्ने शुभकाना सन्देशमा भनिएको छ ।

जानकी, वैदेही, जनकनन्दिनी लगायत सीताका अन्य धेरै नामलाई श्रद्धापूर्वक लिइने गरिएको छ । एक वीराङ्गनाका रूपमा समेत परिचित जनकनन्दिनी सीता सँग कैयन शूरवीरले समेत उचाल्न नसक्ने भीमकाय शिवधनुलाई आफू बालिका छँदै सजिलै उठाउन सक्ने असाधारण क्षमता रहेको जनविश्वास छ ।आदर्श नारीका रूपमा सम्मानित माता सीता मिथिला भूमि नेपालकी सुपुत्री हुनु हामी सबैका लागि गौरवको विषय भएको सन्देशमा उल्लेख छ ।

सीता जयन्तीको यस पावन दिवसले लैङ्गिक असमानता लगायत सबै प्रकारका सामाजिक र सांस्कृतिक विभेदको अन्त्य गर्दै प्रगतिशील सभ्य र सुसंस्कृत समाजको निर्माणका लागि हामी सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास राष्ट्रपति भण्डारीको छ । त्रेतायुगमा मिथिलाका राजा जनकले यज्ञको अनुष्ठान गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको वर्णन वाल्मीकि रामायण र पुराणमा गरिएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports