सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गरिबका लागि पैसा छैन ठुलावडालाई करोडौं खर्च

598
shares

सत्ताधारी दलभित्रको आन्तरिक द्वन्द्वको मारमा नेपाली जनता पर्न थालेका छन् । एकातिर जनता कोरोना भाइरसले गर्दा पिडित भइरहेका छन् भने अर्कोतिर सत्ताधारी दलभित्रको आन्तरिक द्वन्द्वले गर्दा जनताले पाउन्ुपर्ने आवश्यकीय सेवा सुविधाहरु समेत पाउन सकिरहेका छैनन् । कोरोना संक्रमितहरुको संख्या दिनप्रतिदिन बढिरहेको छ । निधन हुनेहरुको संख्या समेत बढिरहेपनि सरकारले भने कोरोनाको परीक्षण र उपचार जनतालाई नै गर भनेर फरमान जारी गरेको छ । दशैं अघि प्रधानमन्त्री केपी ओलीले कोरोना पीडितले उपचार र परीक्षण गराउन सक्दिन भनेर स्वघोषणा गर्नेको मात्र राज्यले निःशुल्क उपचार गर्ने घोषणा गरेका थिए । तर कोरोना पोजेटिभ देखिएका बागमति प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र उनकी श्रीमतीलाई उनीहरुको निवास हेटौडाबाट सरकारी पैसामा हेलिकोप्टरबाट काठमाडौ ल्याइयो । के मुख्यमन्त्री पौडेल र उनकी श्रीमतीले हामी उपचार गराउन सक्दैनौँ भनेर स्वघोषणा गर्नुभएको थियो त ? ल ठीक छ एक छिन्लाई मानौँ पौडेल त मुख्यमन्त्री रहे उनकी श्रीमतीको पद चाहिँ के नि ? पदमा पुग्ने वित्तिकै श्रीमती र छोराछोरीहरुको पनि राज्यको ढुकुटीबाट उपचार गराउन पाउने ? गरिब जनताले परीक्षण र उपचार गराउन नसकेर ज्यान गुमाईरहेका छन् । उनीहरुलाई उपचार र परीक्षण गराउन सक्दिन भनेर स्वघोषणा गर भनिरहेको छ सरकार । त्यसैगरी सामान्य अवस्थामा रहेका र कोरोना पोजेटिभ देखिएका काठमाडौ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले पाँचतारे होटललाई नै अस्पताल बनाएका थिए के उनले पनि उपचार गराउन सक्दिन भनेर घोषणा गरेका थिए त ? शाक्यको उपचार खर्च र श्रीमतीसहितको होटल खर्च झण्डै ७५ लाख रहेको छ । उपत्यकाबासीले तिरेको करबाट शाक्य दम्पत्तिको खर्च तिरिएको छ । के त्यो समानता भयो त ?

प्रधानमन्त्रीका सल्लाहकारहरुले एक हप्तामै दुई÷दुई पटक परीक्षणको सुविधा लिएका थिए । ठुलाबडा र सत्ताधारी दलका नेता तथा कार्यकर्ताहरुले उपचार गराउन सक्दिन भनेर स्वघोषणा नगरेपनि हुने अनि सर्वसाधारण जनतालाई भने स्वघोषणा गर भन्ने ? प्रधानमन्त्री देखि लिएर पार्टीका अध्यक्ष सहित मन्त्रीहरु, सांसदहरु र सल्लाहकारहरुले कहिल्यै त्यस्तो घोषणा गरेका छन् त ? कोरोना जस्तो विश्वव्यापी महामारीको बेला सत्तामा बस्ने र भुँईमा बस्ने जनताका लागि छुट्टाछुट्टै कानुन हुन्छ त सरकार ? आधारभूत स्वास्थ्य सेवा पनि सत्तामा बस्नेका लागि हक अधिकार हुने तर सर्वसाधारण जनताका लागि भने दयामायाको विषय बन्ने भन्ने हुन्छ त ? सर्वसाधारण जनताले कति ठाउँमा को को सँग स्वघोषणा गर्ने ? यसै त उपचार नपाएर वा एम्बुलेन्समै घुम्दाघुम्दै, यताउता गर्दागर्दै जनताले ज्यान गुमाउनु परिरहेको छ । अस्पतालहरुको लेखा शाखामा पैसा तिर्न नसक्ने स्वघोषणा गर्नेहरुले उपचार पाउँदछन् भन्ने ग्यारेन्टी के ? स्वघोषणा गरेका व्यक्तिले अस्पतालमा सहि उपचार र समान व्यवहार पाउँछन् भन्ने ग्यारेन्टी सरकारले दिन सक्छ ? सुकुम्बासीका नाममा सरकारी जग्गा लिएर बसेका व्यक्तिहरुले बालुवाटारमा जग्गा खरिद गर्ने हैसियत बनाउँछन् तर गरिबले त सुकुम्बासी भएपनि गरिब भएको सिफारिस लिन समेत पैसा तिर्न नसक्ने अवस्था कसरी राजनैतिक दलहरुको पार्टीको सदस्यता शुल्क र पार्टीलाई नजराना चढाउन सक्छन् ? प्रधानमन्त्री ओलीले दशैंको सन्देशमा भनेका छन् राज्यलाई बोझ नबनि आफैँ उपचार गर्नेलाई उहाँले प्रसंशा समेत गर्नुभएको छ । राज्यका बोझहरुप्रति प्रधानमन्त्रीले दया पोख्नुभएको छ । प्रधानमन्त्रीकै भाषामा भन्ने हो भने निःशुल्क उपचार र परीक्षण लिनेहरु राज्यका लागि बोझ हुन् । सबै भन्दा ठुला बोझ को होलान् ? प्रधानमन्त्री ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल पूर्व प्रधानमन्त्रीहरु र उहाँहको परिवारले अहिलेसम्म उपचारको नाममा कति कति रकम राज्यको ढुकुटीबाट लिएका छन् ? के त्यो प्रधानमन्त्री ओलीले सार्वजनिक गर्न सक्नुहुन्छ ? सामान्य अवस्थामा जनताले आफ्नो उपचारमा सरकारसँग सहयोगको आशा राख्दैनन् तर अहिलेको अवस्था सामान्य होइन त्यसैले जनताले यस्तो महामारीको बेला स्वास्थ्य उपचारको लागि सहयोग माग्नु जायज हो । अहिलेको बेला धनी र गरिब भनेर प्रमाणपत्र बाँड्ने बेला हो र ? सरकार !

महमारीको बेला संविधानले दिएको अधिकार नै कटौती गरी नागरिकको उपचार गराउन सरकारले सक्दैन भन्नु गैरजिम्मेवारपनको पराकाष्ठा नै हो । यस्तो संकटपूर्ण अवस्थामा नागरिकको स्वास्थ्य उपचार कटौती गर्ने होइन अनावश्यक भत्ता सेवा सुविधा कटौती गरी सवारी साधान, जिउँदा व्यक्तिका नाममा खोलिएको प्रतिष्ठानलाई करोडौं रकम बाँडेको छ । त्यो रकम कटौती गरि जनताको स्वास्थ्य उपचारमा लगाउनुपर्दछ । विकास निर्माण भनेको जनताकै लागि भएपनि पहिले जनताको जिऊ धनको रक्षा हुनुपर्दछ । जनता बाँचेको खण्डमा विकास निर्माणका कामहरु पछि पनि गर्न सकिन्छ । जनता नै नरहेको खण्डमा कस्का लागि विकास निर्माण ? विकास निर्माणको बजेट काटेर भएपनि जनताको स्वास्थ्य उपचार निशुल्क हुनु अति आवश्यक रहेको छ । राजनैतिक दलका नेताहरुले पटक पटक सरकारको ढुकुटीबाट स्वास्थ्य उपचारका नाममा पैसा लिँदै आएका छन् भने सरकारमा रहेका पार्टीका समर्थकहरु र आसेपासेहरुलाई बर्षौंदेखि करोडौं रकम दिने गरिएको छ त्यो अहिले पनि कामय रहेकोले तत्काल त्यस्तो पैसा बाँड्ने कार्य बन्द गरि प्रधानमन्त्री देखि लिएर राजनैतिक दलका नेताहरुले आफ्नै खर्चमा स्वास्थ्य उपचार गराउने व्यवस्था मिलाउनुपर्दछ । आफूँहरुचाँही करोडौं रुपैँया स्वास्थ्य उपचारका नाममा लिने अनि गरिब जनतालाई चाँहि आफ्नो उपचार आफैँ गर भन्नु कत्तिको सुहाउँदो विषय हो ? प्रधानमन्त्री सहित पुष्पकमल दाहाल लगायतका अन्य दलका नेताहरुले आजसम्म राज्यको ढुकुटीबाट लिएको रकमको हिसाब किताब जनताको जानकारीका लागि सार्वजनिक गर्न प्रधानमन्त्रीले सक्नुहुन्छ त ? हामी भन्दछौँ त्यस्तो रकम सार्वजनिक गरियोस् त्यसपछि सबै हिसाब किताब खुलाई जनतालाई जानकारी गराउनुपर्दछ भन्ने हामीले ठानेका छौँ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports