linktrix Long Ad
Salt Trading Long Ad

डडेल्धुरालाई प्रदेशको राजधानी बनाउने सभापति देउवाको आश्वासन

663
shares

डडेल्धुरा ।प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुरालाई प्रदेशको राजधानी बनाउने आश्वासन दिएका छन् । चुनावी दौडधुपमा गृहजिल्ला आइपुगेका देउवाले चुनावी सभालाई गरेको संवोधनमा डडेल्धुरामा विमानस्थल र सिटीहल निर्माण गर्ने बताउँदै प्रदेशको राजधानी पनि डडेल्धुरा नै बनाउने बताए ।

‘डडेल्धुरालाई नै प्रदेश राजधानी बनाउन सकिन्छ’, देउवाले भने, ‘पहिला डडेल्धुरामा र डोटीमा संरचनाहरु थिएनन । त्यसकारण राजधानी बनाउन सकिएन । अब संरचनाहरु निर्माण गर्छौ । त्यसपछि प्रदेश राजधानी पनि सार्न सकिन्छ ।’ डडेलधुरामा प्रदेश राजधानी बनाउनका लागि आफ्नो पार्टीले जित्नु पर्ने देउवाको भनाइ छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports