kumari
stcnepal

नेप्से परिसूचक ४४ दशमलव १६ अंकले बढेर २,३१३ को विन्दुमा कायम

काठमाडौं ।आज शेयर बजार नेप्से परिसूचक ४४ दशमलव १६ अंकले बढेर २,३१३ को विन्दुमा कायम भएको छ । आज १८१ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ९ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज सबैभन्दा धेरै बरुण हाइड्रोपावर कम्पनी, ङमदी ग्रुप र जाल्पा लघुवित्त वित्तीय संस्था कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै, यूनिभर्सल पावर कम्पनीका लगानकिर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् । दिव्यश्वरी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ प्रतिशतका दरले कमाउका छन् । आज सबैभन्दा धेरै नविल समृद्धि फण्ड २ का इकाईधनीले गुमाएका छन् । फण्डका इकार्यधनीले ४ प्रतिशतका दरले गुमाएका हुन् ।

 

 

footer