linktrix Long Ad
Salt Trading Long Ad

भरतपुरमा सत्ता गठबन्धनले झोलाझोलामा पाँच हजार, दश हजार रुपैयाँ र साडी बाँडेको सूचना आफूलाई आएको : जगन्नाथ पौडेल

715
shares

चितवन ।चितवनको भरतपुर महागनरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले सत्ता गठबन्धनले मतदाता प्रभावित गर्न झोला झोलामा पैसा र साडी बाँडेको आरोप लगाएका छन् ।

मंगलबार भरतपुरको मालपोत चोकमा भएको कोणसभालाई सम्बोधन गर्दै मेयर उम्मेदवार पौडेलले सत्ता गठबन्धनले झोलाझोलामा पाँच हजार, दश हजार रुपैयाँ र साडी बाँडेको सूचना आफूलाई आएको बताए । उनले त्यसको अगुवाइ कांग्रेसले गरिहेको बताए । उनले चुनाव प्रभावित गर्न अनेकखालका प्रयास थालिएको भन्दै त्यसलाई रोक्नुपर्ने बताए । उनले कांग्रेस जोगाउनका लागि विद्रोह गरेको बताए । ‘धेरै कांग्रेसका नेता कार्यकर्ता मलाई भेट्न आउनुहुन्छ’, नेता पौडेलले भने, ‘मैले चुनाव हारे पनि जिते पनि यो सन्देश देशभरि जान जरुरी छ, अनि बल्ल कांग्रेस बच्छ ।’

पौडेलले चितवन जिल्ला सभापति राजेश्वर खनाल प्रति आक्रोश पोखे । जिल्ला सभापति खनालले कांग्रेसका नेता कार्यकर्तालाई फोन गरेर माओवादीलाई भोट दिन भनेको, नदिए कारवाही गर्छु भनेर धम्की दिएको पौडेलले बताए । उनले भने, ‘यो दुर्भाग्य हो, हामीले हुर्काएको एउटा मान्छेले हामीलाई कारवाही गर्ने ? हामीलाई कारवाही गरेर कांग्रेस बच्छ ? प्रचण्डजीले कांग्रेसलाई बचाइदिनुहुन्छ ? म भन्दा ठूलो कांग्रेस राजेश्वर हो कि म ? राजेश्वर भन्दा ठूलो कांग्रेस कृष्णलाल सापकोटा हो कि को हो ?’

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports