२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कैलालीमा वैशाख ३० गते अघि कसैलाई पनि भेट्दैन भन्ने नेता ओझाको देउवालाई जवाफ

767
shares

धनगढी ।सोमबार सत्तारुढ गठबन्धनले आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्न आइतबार साँझ नै धनगढी आइपुगेका देउवाले पार्टीको समस्या मिलाउन कैलालीका विभिन्न तहका नेता सँग छुट्टाछुट्टै छलफल गरेका छन् ।सोही अनुसार देउवाले पार्टी बाट पाँच वर्षका लागि निष्कासनमा परेका पूर्वराज्य मन्त्री तथा तत्कालीन महासमिति सदस्य पुष्करनाथ ओझालाई पनि भेट्न खोजेका थिए । तर ओझाले भने देउवालाई भेट्ने प्रस्ताव सोझै अस्वीकार गरेका छन् ।

‘यस्तो बेला पार्टी भित्रका आन्तरिक समस्यालाई बल्झाउनुुहुँदैन । सबै साथीहरुलाई मिलाएर लैजानुपर्छ भनेर शेरबहादुर दाइले उहाँलाई (पुष्करनाथ ओझा) भेट्न बोलाउनुभएको थियो,’ कांग्रेसका एक नेताले भने, ‘तर उहाँले वैशाख ३० गते अघि कसैलाई पनि भेट्दैन भन्ने जवाफ फर्काउनुभयो ।’ देउवाले धनगढीमा आयोजना गरिएको चुनावी आमसभामा पुष्करनाथ ओझालाई पनि सहभागी गराएर कारवाही फुकुुवा भएको घोषणा गर्ने र पार्टी भित्र अब समस्या नरहेको सन्देश दिने उद्देश्यले उनको घरमै दुई जनालाई पठाएका थिए । ती नेताले ओझालाई करीब एक घण्टा सम्म मनाउने प्रयास गरेपनि असफल भएका कांग्रेस स्रोतले बतायो ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा ओझा पनि टिकटको दौडमा थिए तर पार्टी सभापति देउवाले उनलाई वाइपास गर्दै आफ्नी पत्नी आरजुलाई टिकट दिएपछि असन्तुष्ट बनेका थिए । तर आरजुु उक्त निर्वाचनमा नेकपा एमालेका नारदमुनि राना सँग पराजित भएकी थिइन् ।ओझाले चुनावमा असहयोग गरेर आरजुलाई हराउन भूमिका खेलेको भन्दै कांग्रेसले उनलाई पार्टीबाट पाँच वर्षका लागि निष्कासन गरेको थियो । ओझाको सहयोग नभएको अवस्थामा धनगढी उपमहानगरपालिकामा गठबन्धन गर्दा समेत चुनाव जित्ने नसकिने भयका कारण उनलाई मनाउने प्रयास जारी रहेको कांग्रेसका नेताहरु बताउँछन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports