kumari
stcnepal

अन्तिम दिन नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौ – लगातार बढिरहेको नेप्से परिसूचक आज बिहीबार पनि दोहोरो अंकले घटेको छ । नेप्से घटेपनि कारोबार रकममा पनि सुधार आएको छ । आज नेप्से परिसूचक १८ अङ्क भन्दा धेरैले घटेपनि कारोबार रकम पनि दुई अर्ब माथि पुगेको छ ।

२२८ कम्पनीहरूको शेयर खरीदविक्री भएकोमा जाल्पा लघुवित्तकाे शेयर मूल्यमा सर्किट लागेर कारोबार भएको छ । तीन दर्जन भन्दा धेरै कम्पनीहरूको शेयर मूल्य बढेर कारोबार हुँदा १५१ भन्दा धेरै कम्पनीको सेयर मनले भने घटेको छ । आज शिवम् सिमेण्टको सबैभन्दा धेरै मूल्यको शेयर किनबेच हुँदा बिमा समूहको उपसूचक सबैभन्दा धेरै घटेको छ ।

 

 

footer