विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेकपा एमालेबाट इशनाथका नगरपालिका मेयर उम्मेदवार सन्तोष मेहताले आफूमाथि आक्रमण भएको दावी

1.11K
shares

रौतहट ।रौतहटको इशनाथ नगरपालिकामा नेकपा एमालेबाट मेयर उम्मेदवार सन्तोष मेहताले आफूमाथि आक्रमण भएको दावी गरेका छन् । आफन्तको बिहे भोजमा सहभागी भएर फर्कदै गर्दै प्रहरी प्रशासनकै मिलेमतोमा आक्रमण भएको उनले आरोप लगाए ।

‘आफन्तको बिहे भोज बाट फर्कदै गर्दा असई सञ्जय कुर्मीले फोन गरेर पल्टुवा बजारमा बोलाए’, मेहताले भने, ‘म त्यहाँ पुग्ने बित्तिक कुर्मीले गाडीको चाबी खोसे, लगत्तै त्यहाँ सय भन्दा बढी कार्यकर्ता लिएर कांग्रेसकी उम्मेदवार अन्जु झा आइन् ।’ आफूलाई कांग्रेस समर्थकले आक्रमण गरे पनि प्रहरी मुकदर्शक बनेको उनको आरोप छ । उनले घटनाका बारेमा अनुसन्धान गरेर कारवाही गर्न माग गरेका छन् । ‘मलाई फोन गरेर बोलाउने प्रहरी अधिकारी र आक्रमणमा सामेल रहेका सबैलाई कानूनी कारवाही हुनुपर्छ,’ मेहताले पत्रकार सम्मेलनमा भने ।

तर प्रहरीले भने घटनाका बारेमा जानकारी आए पश्चात घटनास्थलमा पुगेर सुरक्षित रुपमा मेहतालाई घर पुर्‍याएको दावी गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक विनोद घिमिरेले भने, ‘राति उनलाई स्थानीय बासिन्दाले घेरेपछि प्रहरीले सुरक्षित रुपमा उनलाई घर पठाएको हो ।’ प्रहरी माथि लगाएको आरोपको बारेमा छानबिन हुने र घटनाका बारेमा पनि अनुसन्धान हुने उपरीक्षक घिमिरेले बताए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports