प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेकपा एमालेको सत्ता पक्षले दर्जनौं स्थानमा हिंसा भड्काएको आरोप

611
shares

काठमाडौं ।सत्ता पक्षले दर्जनौं स्थानमा हिंसा भड्काएको आरोप प्रमुख प्रतिपक्षी नेकपा एमालेले लगाएको छ । स्थानीय तह निर्वाचनको मतदान सम्पन्न भएपछि वक्तव्य जारी गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता पक्षबाट अधिनायकवादी कार्य भएको बताएका छन् ।

‘हामी निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित होस् भन्ने चाहन्थ्यौं । तर सत्तापक्षीय गठबन्धनले केही स्थानमा हाम्रा विरुद्ध नक्कली मतपत्र समेत छापी वितरण गर्ने, उत्तेजनापूर्व गतिविधि गरी अनावश्क रुपमा वातावरण विथोल्ने र अनुचित ढंगले हिंसा भड्काउने जस्ता कार्य गर्‍यो ।’

त्यस्ता ठाउँमा गृह प्रशासन अस्वभाविक रुपमा असन्तुलित भएको भन्दै एमालेले अध्यक्ष ओलीले भनेका छन्, ‘यस प्रकृतिका घटना दर्जनौं स्थानमा भएका छन् । स्वतन्त्र निर्वाचन विरुद्ध भएका यस्ता घटनाको विरोध गर्दै सरकारको पूर्वाग्रही र पक्षपाती व्यवहार प्रति म दुःख व्यक्त गर्दछु ।’

मतदातालाई आतंकित पारिएका स्थानमा पुनः मतदान गरी उजुरी आएको भन्दै उनले यसलाई गम्भीर रुपमा लिन समेत निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports