काठमाडौं सहित ६ वटै महानगरको मतगणनामा आजबाट हुने
वि.सं.२०७९ वैशाख ३१ शनिवार ०६:४७
shares

काठमाडौं ।स्थानीय तह निर्वाचनको मतगणनाको नतिजा कतिपय स्थानमा सार्वजनिक भइसकेको छ । अधिकांश ठाउँमा भने आज बाट मतगणना हुँदैछ ।
चासोका साथ हेरिएका ६ महानगरपालिकाको मतगणना आज बाटै प्रारम्भ हुँदैछ । शुक्रबार राति बाट नै मतगणना गर्ने तयारी गरे पनि महानगरपलिकाको मतगणना आज बाट सुरु गर्नेगरी सर्वदलीय बैठक बाट सहमति जुटेको हो ।
काठमाडौं महानगरपालिकाको मतगणना बिहान ८ बजे बाट राष्ट्रिय सभागृहमा सुरु हुँदैछ । त्यस्तै चितवनको भरतपुर महानगरपालिकाको मतगणना पनि आज बिहान ८ बजे बाट नै प्रारम्भ गर्ने सर्वदलीय सहमति जुटेको छ । उता, विराटनगर महानगरपालिकाको पनि बिहान ८ बजेबाट मतगणना हुँदैछ ।
त्यस्तै पोखरा महानगरपालिकाको मतगणनाका लागि बिहान ७ बजे सर्वदलीय बैठक डाकिएको छ । ललितपुर महानगरपालिकाको मतगणनाका लागि बिहान ८ बजे सर्वदलीय बैठक बोलाइएको छ । उता, वीरगञ्ज महानगरपालिकाको मतगणना पनि आजैबाट सुरु हुने बताएको छ ।






































