साल्ट ट्रेडिङ्गका सञ्चालक समितिका सदस्य जोशीको निधन
वि.सं.२०७७ मंसिर ११ बिहीवार १६:०७
shares

काठमाडौँ । लामो समयदेखि साल्ट ट्रेडिङ्ग कर्पाेरेसन लिमिटेडमा सञ्चालक रहदै आएका सञ्चालक समितिका सदस्य कीर्ति कुमार जोशीको दुःखद निधन भएको छ । उनको ७५ वर्षको उमेरमा मंसिर ९ गते कमलपोखरी स्थित हिमालय हस्पिटलमा उपचारको क्रममा मस्तिष्कघातका कारण निधन भएको हो ।
जोशीले लामो समयदेखि साल्ट ट्रेडिङ्ग कर्पाेरेसन लिमिटेड अन्तरगतको खाद्य उद्योग लिमिटेड, वनस्पति घ्यु उद्योग लिमिटेडमा समेत सञ्चालक रही काम गर्नु भएको थियो ।
































