दार्चुलाको महाकाली नगरपालिकाको मेयर उपमेयर दुवै पदमा एमाले बिजयी
वि.सं.२०७९ जेठ १ आइतवार १८:३२
shares

बाँके ।दार्चुलाको महाकाली नगरपालिकाको मेयरमा नेकपा एमालेका नरसिंह चैंसिर निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार हंसराज भट्टलाई १ हजार भन्दा बढी मतअन्तरले हराएका छन् ।
उपप्रमुख पदमा पनि एमालेकी उम्मेदवार दुर्गा कुमारी खत्री निर्वाचित भएकी छन् । उनले ४ हजार ६३६ मत पाएकी छन् ।
उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सुना बोहराले ४ हजार १८२ मत पाएको निर्वाचन आयोगको कार्यालयले जनाएको छ ।






































