२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

६५ वर्षे उमेरहदका कारण सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश मीरा खड्काको अवकाश

988
shares

काठमाडौं ।६५ वर्षे उमेरहदका कारण सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश मीरा खड्काले अवकाश पाएकी छन् । जेठ २ गते देखि अवकाश पाउने भएपछि गत बिहीबार नै सर्वोच्च अदालतले न्यायाधीश खड्कालाई बिदाइ गरेको थियो ।

शाखा अधिकृतको रुपमा न्यायसेवामा प्रवेश गरेकी खड्का जिल्ला, पुनरावेदन हुँदै सर्वोच्च अदालतको न्यायाधीश भएकी थिइन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा माथि महाभियोग लागे सँगै वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की कामु प्रधानन्यायाधीश भएपछि उनी न्यायपरिषद्को सदस्य समेत बनेकी थिइन् ।

खड्काको अवकाश सँगै सर्वोच्च अदालतमा हरिकृष्ण कार्की वरिष्ठतम् न्यायाधीश भएका छन् । उनी अब न्यायपरिषद्को सदस्य समेत हुनेछन् । साथै वरिष्ठताक्रम हिसाब गर्दा न्यायाधीश डा. आनन्दमोहन भट्टराई समेत संवैधानिक इजलासमा पर्नेछन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports