२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

धनकुटाको छथर जोरपाटी गाउँपालिका अध्यक्षमा कांग्रेसका छत्रबहादुर सुब्बा निर्वाचित

2.29K
shares

धनकुटा ।धनकुटाको छथर जोरपाटी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका छत्रबहादुर सुब्बा ४ हजार ३५९ मत ल्याएर निर्वाचित भएका छन् । सुब्बाले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमाले उम्मेदवार शेरबहादुर लिम्बुलाई १९५ मतान्तरले पराजित गरेका हुन् । लिम्बूले चार हजार १६४ मत पाए ।

उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी गीता खेवा चार हजार ३८७ मत सहित निर्वाचित भएकी छन् । उपाध्यक्ष पदमा एमालेकी गोमा कार्कीले तीन हजार ६९१ मत पाएकी छन् ।

गाउँपालिकाका छ वटै वडाको मत गणना सम्पन्न भएको छ । मत परिणामअनुसार वडा नं. १, २, ५ र ६ मा सत्तारुढ दलका उम्मेदवार निर्वाचित भएका छन् । वडा नं. ३ र ४ मा एमालेका उम्मेदवार विजयी भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports