२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

धनकुटाको चौविसे गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार राजकुमार लिम्बू विजयी, उपाध्यक्षमा एमालेकी टंकमाया मगर विजयी

754
shares

धनकुटा ।धनकुटाको चौविसे गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार राजकुमार लिम्बू पाँच हजार ३८ मत ल्याई विजयी भएका छन् ।

उनले निकटतम प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का दलबहादुर मगरलाई एक हजार ४७ मतान्तरले पराजित गरेका हुन् । पराजित दलबहादुर मगरले तीन हजार ९९१ मत ल्याएका छन् ।

यस्तै उपाध्यक्षमा एमालेकी टंकमाया मगरले चार हजार ९८३ मत पाएर विजयी भएकी छन् । उनले गठबन्धनका जनता समाजवादीका दिवा चेम्जोङलाई ९९५ मतले पराजित गरेकी हुन् । चेम्जोङले तीन हजार ९८८ मत पाएका छन् ।

गाउँपालिकाका आठ वटै वडाको मत गणना सम्पन्न भएको छ । मत परिणाम अनुसार वडा नं. २, ३, ४, ५ र ८ मा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । वडा नं. १, ६, र ७ मा सत्तारुढ दलका उम्मेदवार निर्वाचित भएका निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports