विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

संघीय संसदको ११ औ अधिबेशन आजबाट सुरू हुदै, आजको कार्यतालिका यस्तो छ

741
shares

काठमाडौं । संघीय संसदको ११औँँ अधिवेशन मंगलबार बाट सुरु हुँदै छ । १५ जेठमा आर्थिक वर्ष २०७९/०८० को आयव्यय ‘बजेट’ प्रतिनिधिसभामा पेस गर्नुपर्ने संवैधानिक बाध्यता रहेकाले मंगलबार ११औँ अधिवेशन आह्वान गरिएको हो ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसदका प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आह्वान गरेकी हुन् । नयाँ बानेश्वर स्थित संघीय संसद भवनमा मंगलबार अपरान्ह ४ बजेका लागि बोलाइएको ११औं अधिवेशन अन्तर्गत प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।

संघीय संसदको महासचिव डा। भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले आ.व. २०७९/०८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ‘कर प्रस्ताव बाहेक’ माथि छलफल गरियोस् भनी प्रस्ताव गर्ने कार्यसूचीमा उल्लेख छ ।

यसअघि सभामुखले राष्ट्रपति बाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, सभामुखले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १० को उपनियम ‘१’ बमोजिम अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा ‘कोइराला’ले फौजदारी कुसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ र यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८“ पेस गर्ने कार्यसूचीमा उल्लेख छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports