२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते मुलुकभरमै भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कस्तो रहला आजको मौसम ?

1.29K
shares

काठमाडौँ – नेपालमा हाल स्थानीय वायु, भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेकोले देशका विभिन्न ठाउँमा वर्षाको संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले प्रदेश १ र गण्डकी प्रदेशमा सामान्य बदली रहि बाँकी प्रदेशमा आंशिक बदली रहेको छ भने अरु ठाउँमा मौसम सामान्यतया सफा देखिएको छ ।

तर दिउँसो देशभर आंशिक देखि सामान्य बदली बदली रहने जल तथा मौसम पूवानुमान माहाशाखाले जनाएको छ। माहाशाखाका अनुसार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका लगायत लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।


यस्तै राती भने मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports