विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जाजरकोटको नलगाड नगरपालिका प्रमुखमा माओवादी केन्द्रका डम्बरबहादुर रावत निर्वाचित, उपप्रमुखमा कांग्रेसकी सुरिता सिंह

806
shares

जाजरकोट ।जाजरकोटको नलगाड नगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रका डम्बरबहादुर रावत निर्वाचित भएका छन् । रावतले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार धर्मबहादुर शाहीलाई १ हजार ९७३ मत अन्तरले पराजित गरेका छन् ।

नेकपा माओवादी केन्द्रका रावतले ५ हजार ५९९ मत प्राप्त गरेका थिए । नेकपा एमालेका धर्मबहादुर शाहीले ३ हजार ६२६ मत प्राप्त गरे ।

यस्तै उपप्रमुखमा नेपाली कांग्रेसकी सुरिता सिंहले ५ हजार ४०६ मत प्राप्त गरी विजयी भएकी छन् । उनले प्रतिस्पर्धी नेकपा एमालेकी सुनिता बोहरालाई २ हजार १३ मतले पछि पार्दै विजयी भएकी हुन् । नेकपा एमालेकी बोहराले ३ हजार ३९३ मत प्राप्त गरेकी छन् ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports