विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जनताले एउटा खराबले जितेको ठाउँमा अर्को खराबलाई वा नयाँ व्यक्तिलाई भोट दिएको डा. बाबुराम भट्टराईको विश्लेषण

598
shares

काठमाडौं ।जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जनताले एउटा खराबले जितेको ठाउँमा अर्को खराबलाई वा नयाँ व्यक्तिलाई भोट दिएको विश्लेषण गरेका छन् ।

स्थानीय तहको चुनाव अन्तर्गत देशभर मतगणना जारी छ । परिणाम धमाधम सार्वजनिक भइरहेका बेला भट्टराईले ट्वीट गर्दै यस्तो विश्लेषण गरेका हुन् ।

‘समग्र समीक्षा हुँदै गर्ला तर अहिले सम्मको प्रवृत्ति बाट भन्नसकिन्छ–जनता स्थापित दलहरू बाट सन्तुष्ट छैनन् !,’ उनले लेखेका छन्, ‘नो भोटको प्रावधान नहुँदा र सत्तामा शून्यता हुन नसक्ने हुँदा पहिले एउटा खराबले जितेको ठाउँमा (भक्तपुर बाहेक)अहिले अर्को खराबलाई वा नयाँ व्यक्तिलाई हाल्दैछन् ! दुःखद् कुरा विकल्प पनि छैन !’

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports