प्रचण्डको निर्वाचन क्षेत्रमा पर्ने माडी नगरपालिकामा नेकपा एमालेले मेयर जित्यो
वि.सं.२०७९ जेठ ३ मंगलवार १६:४४
shares

चितवन ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रमा पर्ने माडी नगरपालिकामा नेकपा एमालेले मेयर जितेको छ ।
एमाले-राप्रपा गठबन्धनकी उम्मेदवार रहेकी महतोले कांग्रेस-माओवादी गठबन्धनका उम्मेदवार ऋषि काफ्लेलाई २ हजा १७२ मतको फराकिलो अन्तरले पराजित गरेकी हुन् । महतोले ९ हजार ९०१ मत ल्याउँदा काफ्लेले ७ हजार ७२९ मत ल्याए ।




































