२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बालेनको फराकिलो अग्रता कायमै

1.13K
shares

काठमाडौं ।काठमाडौं महानगरपालिकाको एक लाख भन्दा धेरै मत गनिसक्दा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो अग्रता कायमै राखेका छन्। आइतबार बिहान सम्म गणना भएको १ लाख ६ हजार ८५२ मत मध्ये शाहले ३८ हजार ३३३ मत पाएका छन्। यस्तै नेपाली कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंह दोस्रो स्थानमा उक्लेकी छन्। यसअघि एमाले उम्मेदवार केशव स्थापित दोस्रो स्थानमा थिए।

आइतबार बिहान सम्मको मतगणना अनुसार सिर्जनाले २१ हजार २९९ मत पाएकी छन्। त्यस्तै तेस्रो स्थानमा झरेका स्थापितको मत २१ हजार ८ छ। बालेन र सिर्जना बीचको मतान्तर १७ हजार ३४ छ भने स्थापित सँग १७ हजार ३२५ छ। सिर्जना र स्थापितको मतान्तर २९१ मत छ।

अहिलेसम्म वडा नम्बर १, २, ३, ४, ५, ६, ८, २७, २८, २९, ३०, ३१ र ३२ को मतगणना सकिसकेको छ। त्यस्तै अहिले वडा नम्बर ७, ९, १०, ११, १२, २३, २४, २५ र २६ को मतगणना राष्ट्रिय सभा गृहमा जारी छ। यी मध्ये वडा नम्बर ७, ९, १०, ११ र २६ मा बालेनको अग्रता छ।वडा नम्बर १२ मा भने सिर्जनाले अग्रता लिएकी छन्। वडा नम्बर १२ को मतगणना भर्खरै सुरू भएको हो। यहाँ ७०० मत गन्दा सिर्जनाले २५५, स्थापितले १९६ र बालेनले ९६ मत पाएका छन्।

त्यस्तै वडा नम्बर २३, २४ र २५ मा स्थापितको अग्रता छ। २३ नम्बर वडाको मतगणना पनि केही समयअघि मात्र सुरू भएको हो। यहाँ ७०० मत गन्दा स्थापितले १७०, सिर्जनाले १२७ र बालेनले १०९ मत पाएका छन्। यस्तै वडा नम्बर २४ को २४४७ मत गणनामा स्थापितले ६६४, सिर्जनाले ५३८ र बालेनले ४२३ मत पाएका छन्। वडा नम्बर २५ मा गणना भएको ३१७८ मतमा स्थापितले ७४४, बालेनले ५४७ र सिर्जनाले ५३१ मत पाएका छन्।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports