भरतपुरमा रेनुलाई ७ हजार भन्दा बढी मतको अग्रता, उपप्रमुखमा चित्रसेन १५ हजारभन्दा बढी मतले अगाडि
वि.सं.२०७९ जेठ ८ आइतवार ०९:११
shares

चितवन ।चितवनको भरतपुर महानगरपालिकामा ८९ हजार ७७५ मत गणना हुँदा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले ७ हजार भन्दा बढी मतको अग्रता लिएकी छन् ।
आज बिहानको मत परिणाम अनुसार रेनुले ३५ हजार २३० र एमाले उम्मेदवार विजय सुवेदीले २७ हजार ७६५ मत पाएका छन् । उनीहरु बीचको मत अन्तर ७ हजार ४६५ छ । स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ११ हजार ८५२ मत पाएका छन् ।
सत्ता गठबन्धनको तर्फ बाट उपप्रमुख पदमा उम्मेदवार बनेका नेपाली कांग्रेसका चित्रसेन अधिकारी पनि फराकिलो मत अन्तरले अगाडि छन् । उनले राप्रपाकी उपप्रमुख उम्मेदवार हिमला गुरुङलाई १५ हजार भन्दा बढी मत अन्तरले पछाडि पारेका छन् । बिहान ७ बजे सम्मको परिणाम अनुसार चित्रसेनले ३७ हजार ३२६ र हिमलाले २१ हजार ९०० मत पाएका छन् ।




































