kumari
stcnepal

चितवनमा विद्युत सर्ट भएर आगलागी हुँदा १ को निधन, एक घाइते

चितवन ।चितवनमा विद्युत सर्ट भई आगलागी हुँदा एक जनाको निधन भएको छ भने एक जना घाइते भएका छन् । भरतपुर महानगरपालिका वडा नं. १० स्थित शिखर इन्स्युरेन्स कम्पनीको शाखा कार्यालयमा कार्यरत भरतपुर ७ कटहरचोककी ३६ बर्षीया सकुन्तला पौडेल सुवेदीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी नरहरी अधिकारीका अनुसार आइतबार दिउँसो सवा १ बजे शिखर इन्स्योरेन्सको कार्यालयको बाहिर झुण्ड्याएको फ्लेक्स बोर्ड झिक्ने क्रममा सो दुर्घटना भएको हो । घटनामा भरतपुर महानगरपालिका वडा नं. ७ का २२ वर्षका तरुण थापा घाइते भएका प्रहरीले जनाएको छ । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

आगो भरतपुर महानगरको दमकल, नेपाल प्रहरी, नेपाली सेना र स्थानीय वासिन्दाको सहयोगमा निभाइएको छ । आगलागी बाट कार्यालयका कागजात पनि जलेका छन् । घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

footer